सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
शान्तिनगर,१६ चैत - पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ३ स्थित बिपि कोइराला माध्यमिक बिद्यालय बयाले सिंतराको ब्यबस्थापन समितिको अध्यक्षमा कृष्ण पाण्डे सर्बसम्मत रुपमा निर्बाचित भएका छन।आइतबार भएको ४६ औ अभिभावक भेलाले कृष्ण पाण्डेको अध्यक्षतामा ६ सदस्यीय बिद्यालय ब्यबस्थापन समिति गठन गरिएको छ।जसको अन्य सदस्य हरुमा मोतिकला गाहा,बिमला बिक,कमल रोका त्यसै गरि भद्र कला बुढाथोकी र बुद्धि बहादुर केसि निर्बाचित भएका छन।त्यसै गरि शिक्षक अभिभावक संघको अध्यक्षमा ठाकुर पाण्डे निर्बाचित भएका छन।
बिद्यालयका संस्थापक प्रधानाध्यापक नन्द लाल पाण्डेको अध्यक्षता एबं गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यतामा भएको उक्त अभिभावक भेलामा पुर्ब ब्यबस्थापन समितिका अध्यक्ष हरु देब राज मल्ल, बुद्धि राम तिवारी र शसिधर के सि, त्यसै गरि वडा नम्बर ३ का अध्यक्ष मिन बहादुर के सि, बिद्यालयका प्रधानाध्यापक ठुम राज लामिछाने ,राष्ट्रिय स्वतन्त्र पार्टी शान्तिनगर का सचिब कर्णदिप देबकोटा, एमालेका प्रतिनिधि गंगाराम बस्यालले शुभकामना मन्तव्य राख्नु भएको थियो।
बिगतमा समिति चयन गर्दा राजनिती दल हरुले आ आफ्नो प्यानल खडा गरेर निर्बाचनमा होमिएका थिए भने यस चोटि सर्बसम्मत रूपमा ब्यबस्थापन समिति गठन भएको छ।भेलाको सहजीकरण शिक्षक प्रतिनिधि निम बहादुर नेपालीले गरेका थिए। साभार लाइभदाङ