Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

दाङमा साथीको जन्मदिन मनाउन भनि निस्केकी बालिका मृत फेला

सोमबार, चैत १६, २०८२

दाङ,१६ चैत - दाङको बबई गाउँपालिका वडा नं. ३ स्थित बनमा एक किशोरी मृत भेटिएकी छन् ।

साथीको जन्मदिन मनाउन भनि १२ चैतमा घरबाट निस्केकी बबई ३ सल्लीकोट निवासी १४ बर्षीय अनु खत्री सोही स्थानको भ्यूटावर नजिकै रहेको बनमा मृत भेटिएकी हुन् ।


जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार सोमबार विहान १० बजेतिर प्रहरीले शव फेला पारेको हो । उनको शवलाई पोष्ट मार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याईएको छ ।

परिवारले घटना संकास्पद भएकाले सत्यतथ्य छानविनको माग गरेका छन् । प्रहरीले पनि यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ । साभार लाइभदाङ

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  २०:५२
प्रतिक्रिया दिनुहोस्