Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ५ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बिहीबार, चैत १९, २०८२

काठमाडौँ,१९चैत - हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी र सुदूरपश्चिमलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको । 

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना


आज दिउँसो हिमाली र  पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।  कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । 


गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  ०६:३२
प्रतिक्रिया दिनुहोस्