सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
घोराही, १९ चैत - घोराहीमा जारी लुम्बिनी प्रदेश स्तरिय महोत्सवमा विविध स्टलहरु राखिएको छ । महोत्सवमा सांस्कृतिक कार्यक्रम दैनिक भईरहेको छ भने महोत्सवमा स्थलमा बाल उद्यानहरुमा मनोरञ्जनका स्टलहरु राखिएको छ । व्यापारिक स्टलहरुमा विभिन्न व्यवसायिक सामाग्रीहरु राखिएको छ । यसका साथै गेटबाट प्रवेश सँगको स्टलमा एक फरक स्टल स्थापना गरिएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङद्वारा ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार’ भन्ने नारा सहित आयोजना गरिएको ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषी महोत्सव–२०८२’ मा युवाहरुलाई व्यवसायमा जोड्नका लागि योजना तयार गर्न सहजताका लागि अभिलेख तयारी गर्न सहजताका लागि फाराम भर्ने र सचेतना प्रदान गर्ने कार्य गरिएको छ । जसमा सीपमूलक तालिम तथा रोजगार व्यवस्थापन आवेदन फारम भरिएको छ ।
आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले स्टल राखेर जानकारी सहित फाराम भर्ने कार्य गरिरहेको छ । जसमा व्यक्तीको विवरण सहित वर्तमान अवश्था, नयाँ कुन सीप सिक्न चाहनुहुन्छ, कुनै विशेष सीप छ की नाई, कुन सीपमा तपाई दक्ष हुनुहुन्छ, कुन समयमा काम गर्न सक्ने, कामका लागि कति समय व्यवस्थापन गर्न सक्नुहुन्छ लगायतका प्रश्नहरु समावेश गरिएको छ ।
यस्तै सन् २०५० सम्म दाङ कस्तो हुनुपर्दछ भन्ने विषयमा जनमत तथा सुझाव सर्वेक्षण फारम भरिएको छ । जसमा व्यक्तीगत विवरण सहित सन् २०५० सम्ममा दाङको मुख्य पहिचान के हुनुपर्छ, आर्थिक विकासको मुख्य आधार के हुनुपर्छ, रोजगारी सिर्जनका मुख्य अवसरहरु के हुन सक्छन्, युवालाई व्यवसायमा आकर्षण गर्न के आवश्यक छ, किसानको आय बढाउन के गर्नुपर्छ, यातायात पूर्वाधार कस्तो हुनुपर्छ, उद्योग विकासका लागि के सुधार आवश्यक छ, लगानी तथा उद्योग विस्तारका लागि के सहयोग आवश्यक छ, शहरी विकास, शिक्षा, स्वास्थ्य लगायतका विषयमा प्रश्न समेटिएको छ । यस्तै युवालाई उद्यमशीलतामा आकर्षित गर्न के आवश्यक छ, जिल्लाको सबैभन्दा ठुलो चुनौति के हो, सामाजिक विकासका लागि चुनौति के हुनुपर्छ, प्रविधी विकासका लागि के आवश्यक छ, जिल्लामा लगानी बढाउन के गर्नुपर्छ, सन् २०५० मा कस्तो दाङ हुनुपर्छ लगायतका विषय समेटिएको छ ।
यी सर्वेक्षणले नेपाल घरेलु तथा साना उद्योग महासंघलाई योजना तयार गर्न सहज हुने महासंघका अध्यक्ष एवं महोत्सव आयोजक मूल समितिका संयोजक लव अधिकारीले जानकारी दिनुभयो । उहाँले स्टलमा दर्शकहरुले उत्साहका सर्वेक्षणमा सहभागिता जनाईरहेको बताउनुभयो । साथै उहाँले सर्वेक्षणमा सहभागी हुन सम्पूर्ण दंगालीहरुमा अनुरोध गर्नुभएको छ । यो सर्वेक्षणले आगामी दिनको यात्रा तय गर्न र योजना तयार सँगै कार्यान्वयन गर्नका लागि सहजता प्रदान गर्ने भएकाले सर्वेक्षणमा सहभागी भई सल्लाह सुझाव प्रदान गर्न उहाँले सम्पूर्णमा अनुरोध गर्नुभएको छ । ‘महोत्सवमा संस्थालाई आगामी दिनमा योजना तयार गर्नकालागि सल्लाह सुझाव संकलन गर्ने उद्धेश्यले स्टल स्थापना गरिएको छ’ उहाँले भन्नुभयो– ‘आगामी दिनमा उद्योग व्यवसायमा कस्तो बनाउने, सन् २०५० सम्ममा दाङ जिल्लालाई कस्तो बनाउन सकिन्छ भन्ने विषयमा सम्भावना र चुनौतिहरुको विषयमा सर्वेक्षण गरिरहेका छौँ । यसले महासंघलाई योजना निर्माण र युवाहरुको क्षेत्रमा काम गर्न सहजता प्रदान गर्ने अपेक्षा गरेका छौँ ।’ विहीवारसम्म ७ सय बढिले सर्वेक्षणमा भाग लिएको उहाँले जानकारी दिनुभयो ।
महोत्सवमा शुक्रवार जिबब् र शनिवार प्रकाश सपुत महोत्सवमा सांस्कृतिक कार्यक्रम अन्तरगत शुक्रवार चर्चीत ¥यापर जी बब् को प्रस्तुति रहने भएको छ । युवाहरुमाझ लोकप्रीय कलाकार जीबब्लाई दंगाली दर्शकहरुको माग बमोजिक महोत्सवमा ल्याउन थालिएको आयोजक मूल समितिले जानकारी दिएको छ । आयोजक मूल समितिका संयोजक लव अधिकारीले महोत्सवमा युवाहरुको माग अनुसार जीबब्लाई शुक्रवार प्रस्तुतिका लागि निमन्त्रणा गरिएको जानकारी दिनुभयो । साथै उहाँले महोत्सव अवलोकनका लागि सम्पूर्ण दर्शकहरुमा अनुरोध गर्नुभएको छ । महोत्सवमा शनिवार नेपाली लोकदोहोरी क्षेत्रका चर्चीत गायक प्रकाश सपुतको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।