सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
घाेराही, २१ चैत - घाेराहीमा जारी लुम्बिनी प्रदेश स्तरिय महाेत्सवमा गायक प्रकाश सपुतसँगै दर्शकहरू झुमेका छन् । महाेत्सवमा शनिवार लाेकदाेहाेरी क्षेत्रका चर्चीत गायक प्रकाश सपुतकाे प्रस्तुतिसँगै दर्शमहश, झुमेका हुन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङद्वारा ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार’ भन्ने नारा सहित आयोजना गरिएको ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषी महोत्सव–२०८२’ मा गायक सपुतले आफ्ना चर्चीत गीतहरू प्रस्तुत गर्नुभएकाे थियाे ।
उनले आफ्ना चर्चीत गीतहरू आयाे तेराे सर बाटाे खाली गर, गलबन्दी च्यातियाे तिमीले तानेर, यस्तै छ जीवन परदेशीकाे, बाेल माया एक वचन बाेल, तिम्राे मायाले मलाई पिर दियाे, फुटेका चुराले, मेराे पनि हाेईन र याे देश, कुरा बुझ्नुपर्छ लगायतका गीतहरू प्रस्तुत गर्नुभएकाे थियाे । केहशि भावुक केही नाच्ने गीतहरू प्रस्तुत गर्नुभएका सपुतले सामाजिक विकृति विरूद्ध र देशमा केही राम्राे हाेस् भन्ने अपेक्षा सहितका भनाई सहित गीतमार्फत प्रस्तुति राख्नुभएकाे थियाे ।
लागुऔषध दुर्व्यसन विरूद्धकाे सचेतना
महाेत्सवमा लागुऔषधविरू्द्धको सचेतना कार्यक्रम सम्पन्न भएकाे छ । महाेत्सवका विशेष कार्यक्रम अन्तरगत शनिवार लागुऔषध र साईवर अपराध विरूद्धकाे सचेतना कार्यक्रम भएकाे हाे । जिल्ला प्रहरी कार्यालय दाङसँगकाे समन्वयमा भएकाे सचेतना कार्यक्रममा सामुदायिक शाखा ईञ्चार्ज प्रहरी नायव निरीक्षक तुलबहादुर बि.कले लागुऔषध दुर्व्यसन विरूद्धकाे सचेतनामूलक प्रस्तुति राख्नुभएकाे थियाे । उहाँले पछिल्लाे समयमा बालबालिकादृखी वृद्धसम्मका व्यक्तीहरू दुर्व्यसनमा परेकाे बताउनुभयाे । जसमा युवाहरूकाे संख्या धेरै रहेकाे पनि उहाँले बताउनुभयाे । बि.कले लागुऔषधमा सुर्ति, चुराेट र मदिराजन्य पदार्थ प्रमुख समस्या रहेकाले यसबाट बच्न सबैमा अनुराेध गर्नुभयाे । बालबालिका युवाहरूलाई दुर्व्यसनबाट जाेगाउन अभिभावककाे महत्वपूर्ण भूमीका रहनुपर्ने उहाँकाे भनाई थियाे । लागुऔषधका कारण परिवारमा झगडा पर्ने, आत्महत्या, हत्या लगायतका अपराधिक क्रियाकलापहरू बढिरहेकाे प्रहरीकाे तथ्यांक रहेकाे उहाँले जानकारी गराउनुभयाे । साथै युवाहरूमा साईबर अपराध पनि समस्यामा रहेकाे उहाँले बताउनुभयाे ।
स्वास्थ्य शिविरमा सय बढिले लिए सेवा
महाेत्सवमा स्वास्थ्य शिविर सञ्चालनमा रहेकाे छ । सञ्जीवनी टिचिङ हस्पिटल घाेराही-३ सँगकाे समन्वयमा महाेत्सवमा शनिवार स्वास्थ्य शिविर भएकाे छ । शिविरमा दर्शकहरू उत्साहका साथ जाँच गराउनुभएकाे थियाे । एम.बि.बि.एस् डाक्टरकाे उपस्थितिमा स्वास्थ्य जाँच गरिएकाे थियाे ।
जसमा १ सय १७ जनाले स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएकाे नेपाल घरेलु तथा साना उद्याेग महासंघ दाङका अध्यक्ष लव अधिकारीले जानकारी दिनुभयाे ।