पीडितकाे आवाज सुनुन अपिल: "ढिलाे किन बाेलिस् ?" भन्ने प्रश्नले झन पीडा बढाउँछ -समिक्षा अधिकारी

आइतबार, चैत २२, २०८२

दाङ,२२ चैत - गायिका समिक्षा अधिकारीले पीडित महिलाहरुकाे मनाेभावनालाइ सम्बाेधन गर्दै समाजलाइ संवेदनशील बन्न आग्रह गरेकीछिन् । आफूले भाेगेकाे पीडादायी अनुभव सम्झिँदै उनले भनेकी छिन् एउटा पीडितकाे मन अर्काे पीडितले जस्ताे कसैले बुझ्न सक्दैन ।

उनले विगतका कठिन दिनहरु स्मरण गर्दै समाजकाे दबबवका कारण आफूले धेरै पीडा सहनु परेकाे बताइन । समाजले बाँच्न नदिएकाे जस्ताे महसुक हुन्थ्याे म दिनदिनै मरीमरी बाँच्थे ,उनले सामाजिक संजाल फेसबुक मार्फत आफनाे बिचार व्यक्त गरेकीछिन् । कम उमेरमा एक्लै समाजसँग लड्नु परेकाे अनुभव सुनाउँदै उनले परिवार बाहेक अरुबाट साथ र सहयाेग नपाएकाे गुनासाे गरेकीछिन् ।

समाजले पीडितलाइ "किन ढिलाे बाेलिस ?" भन्ने प्रश्न गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै उनले त्यस्ताे प्रश्नले पीडितकाे पीडा अझै बढाउने बताइन । डर,लाज र सामाजिक दबाबका कारण धेरै कुरा मनमै दबाउनु पर्ने अवस्था हुने उनकाे भनाइ छ ।


उनले कसैकाे पीडालाइ अरुसँग तुलना नगर्न र हरेक घटनालाइ संवेदनशील बुझ्न आग्रह गरेकाे छिन् । साथै,हरेक घरमा छारी-बहिनी हुने भएकाले पीडितप्रति सहानुभूति राख्नुपर्नेमा जाेड दिइन।

समिक्षा अधिकारी ले संगम बिष्ट प्रकरणबारे पनि टिप्पणी गर्दै दुवै पक्षको सत्य बाहिर आउनुपर्ने र दोषीलाई कडा कारबाही हुनुपर्ने माग गर्नुभएको छ। उहाँले आफू सधैं पीडितहरूको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

गायिका समिक्षा अधिकारीले संगम बिष्ट प्रकरणबारे फेसबुमा टिप्पणी गर्दै दुवै पक्षकाे सत्य बाहिर आउनुपर्ने र दाेषीलाइ कडाबाही हुनुपर्ने माय गरेकाेछिन् । उनले आफू सधै पिडितहरुकाे पक्षमा उभिने प्रतिबद्बता व्यक्त गरेकीछीन्

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  १२:०६
प्रतिक्रिया दिनुहोस्
समाचार