शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

कार्यालय समय ९ देखि ५ बजे कायम
आइतबार, चैत २२, २०८२

काठमाडाै‍  २२ चैत - सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे । आज बसेकाे मन्त्रिपरिषदकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

पेट्राेलियम आपूर्तिमा सहजताका लागि चैत २३ गतेदेखि लागू हुनेगरि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने निर्णय भएकाे सरकारका प्रवक्ता सस्मित पाेखरेलले जानकारी दिनुभयाे

त्यस्तैगरी सरकारले आगामी शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको हो । 

बैठकपछि  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम्  सरकारका प्रवक्ता सस्मित पोखरेलले निर्णय सुनाउँदै भन्नुभयो, ‘आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।’

त्यसैगरी सरकारले डिजेल र पेट्रोलका सवारी साधनलाई विद्युतीय गाडीमा परिणत गर्ने बाटो खुला गरेको छ । 

प्रवक्ता पोखरेलले भन्नुभयो, ‘डिजेल र पेट्रोलका गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय भएको छ।’ 

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  १६:५१
प्रतिक्रिया दिनुहोस्
समाचार