सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ,२४ चैत - दंगीशरण गाउँपालिकामा चौथो अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ। गाउँ कार्यपालिकाको कार्यालय, हेकुलीले सूचना जारी गर्दै प्रतियोगिता २०८२ साल चैत २८ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने जनाएको हो।
गाउँपालिकाको आयोजनामा हुने प्रतियोगितामा वडा स्तरीय खुल्ला पुरुष फुटबल, खुल्ला पुरुष भलिबल र खुल्ला महिला भलिबल प्रतियोगिता सञ्चालन गरिनेछ। सम्बन्धित वडाबाट प्रतिनिधित्व हुने गरी टोली दर्ता गराई उत्साहजनक सहभागिताका लागि अनुरोध गरिएको छ।
पुरस्कार व्यवस्था
प्रतियोगितामा विजेता तथा उपविजेता टोलीलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छः
खुल्ला पुरुष फुटबलतर्फ: प्रथम – २५,०००, द्वितीय – २०,०००, तृतीय – १५,००० रुपैयाँ खुल्ला पुरुष भलिबलतर्फ: प्रथम – २०,०००, द्वितीय – १५,०००, तृतीय – १०,००० रुपैयाँ खुल्ला महिला भलिबलतर्फ: प्रथम – २०,०००, द्वितीय – १५,०००, तृतीय – १०,००० रुपैयाँ
यसैगरी अपाङ्गता भएका व्यक्तिहरूका लागि ह्विलचेयर दौड प्रतियोगिता पनि आयोजना गरिनेछ, जसमा प्रथमलाई ३,०००, द्वितीयलाई २,००० र तृतीयलाई १,५०० रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
दर्ता सम्बन्धी व्यवस्था
टोली दर्ताको अन्तिम मिति चैत २६ गते बिहान १० बजेसम्म तोकिएको छ। इच्छुक टोलीहरूले दंगीशरण गाउँपालिकाको कार्यालय, हेकुलीमा गई दर्ता गराउन सक्नेछन्।
गाउँपालिकाले खेलकुदमार्फत स्थानीय युवाहरूमा खेल प्रतिभा विकास, आपसी सद्भाव र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ।