सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ,३ चैत - दाङकाे तुलसीपुर उपमहानगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको पहिचान तथा प्रमाणीकरण सम्बन्धी नगरस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा भूमि समस्या समाधान आयोगको व्यवस्थापनमा सम्पन्न उक्त कार्यक्रम नगर प्रमुख टिकाराम खड्काको अध्यक्षता तथा भूमि समस्या समाधान आयोग दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, प्राविधिकहरू, वडाध्यक्षहरू, वडा सचिवहरू तथा कार्यपालिका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। अन्तरक्रिया कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष बस्नेतले सरकारद्वारा जारी ६० दिने प्रमाणीकरण सम्बन्धी निर्देशनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। उनले वास्तविक लाभग्राहीको पहिचान गरी निष्पक्ष र पारदर्शी ढंगले प्रमाणीकरण प्रक्रिया अगाडि बढाउन स्थानीय तहको महत्वपूर्ण भूमिका रहने बताएका छन्।
उनले कुनै पनि दबाब वा प्रभावमा नपरी सत्य तथ्यका आधारमा काम गर्न आग्रह गर्दै सबै सरोकारवालाबीच समन्वय आवश्यक रहेको उल्लेख गरे। कार्यक्रममा सहभागीहरूले आगामी ६० दिनभित्र भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको पहिचान र प्रमाणीकरण कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, सकारात्मक तथा नकारात्मक सूची तयार पार्दै