सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
गढवा, ४ वैशाख - दाङ देउखुरीको गढवा गाउँपालिका स्थित गढवा उद्योग वाणिज्य संघको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम आज शुक्रबार गढवा उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ।
गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलको अध्यक्षता तथा गढवा गाउँपालिका निमित्त गाउँपालिका अध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यता तथा संघका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महसंघ लुम्बिनी प्रदेशका कार्यकारिणी समिति सदस्य युवराज पोख्रेलको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो।
त्यसैगरी कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले गढवा गाउँपालिकाले गढवा उद्योग वाणिज्य संघलाई एउटा जिम्मेवार संस्थाको रुपमा हेर्दै साथ समन्वय र सहकार्य साथ अघि बढेको बताउनुभयो। गढवा गाउँपालिकालाई गत बर्ष र यस वर्ष पनि प्रमुख अतिथिको रुपमा बोलाई सम्मान प्रकट गर्नु भएको भन्दै धन्यवाद समेत दिनु भयो। गत बर्षको उदघोष गरेको २ लाख रुपैयाँ बिनियोजन गरी कार्यक्रम सम्पन्न भएको हुदा आफु खुसी भएको बताउनुभयो।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा गढवा उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका कार्याकारिणी समिति सदस्य युवराज पोख्रेलले आफुलाई संस्थाप्रतिको प्रेम भन्दा ठुलो अन्य कुनै पद नभएको बताउदै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश कार्यकारिणी समिति सदस्यमा निर्वाचित हुनु भन्दा आफु गढवा उद्योग वाणिज्य संघको संस्थापक अध्यक्ष हुं भन्दा गर्ब महसुस हुने गरेको बताउनु भयो। उद्योग वाणिज्य संघ गढवा को स्थापना कालदेखि हाल सम्मको यात्रा चुनौतीपूर्ण रहेको स्मरण गराउदै हाल सम्मको अवस्थामा गढवा उद्योग वाणिज्य संघले प्राप्त गरेको उपलब्धि सबैमा साथ सहयोग र समर्पणको देन भएको बताउनुभयो। गढवा गाउँपालिकाले स्थापना कालदेखि गर्दै आएको सहयोगको तारिफ समेत गर्नु भयो।
कार्यक्रममा बोल्दै गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलले गढवा गाउँपालिका र गढवा उद्योग वाणिज्य संघ बिचको समन्वय साथ अनुसार गढवा उद्योग वाणिज्य संघ धेरै प्रगतिका साथै अघि बढेको बताउनुभयो। गढवा उद्योग वाणिज्य संघले उद्योगी व्यापारी र व्यवसायी हरुको हकहितको लागि मात्र कार्यक्रमहरु नभई समाजमा आवश्यक पर्ने हरेक काममा गढवा उद्योग वाणिज्य संघ सहकार्य सहयोग सहित अघि बढेको बताउनुभयो। नयाँ वर्ष २०८३कौ सबैमा शुभकामना समेत व्यक्त गर्नु भएको थियो।
कार्यक्रममा गढवा गाउँपालिका निमित्त गाउँपालिका अध्यक्ष शारदा कुमारी चौधरी, गढवा उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष युवराज पोख्रेल, संघका पूर्व अध्यक्ष खिम बहादुर बुढा, ६ नं. वडा सदस्य दिनमाणी आचार्य, नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाका सभापति उमाकान्त पन्त,समाजसेवी राम प्रसाद गैरे, पत्रकार शिवराज पन्थी, ग्रिल व्यवसायी संघ गढवाका अध्यक्ष लिलाधर आचार्य, आयाम वचत तथा ऋण सहकारी संस्था लिका सचिव श्याम चौधरी, गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक, लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
गढवा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मधा न्योपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका कोषाध्यक्ष दुखहरण यादवले गर्नु भएको थियो। साभार गणतन्त्र नेपाल