घाेाराहीमा जारी महाेत्सव सम्पन्न

शनिबार, वैशाख ५, २०८३

घाेराही, ५ वैशाख - घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय महोत्सव सम्पन्न भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको आयोजनामा सञ्चालित महोत्सवको शनिबार एक कार्यक्रमको आयोजना गरी समापन गरिएको हो।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

'साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार’ भन्ने नारा सहित आयोजना गरिएको ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषी महोत्सव’ काे शनिवार समापन गरिएकाे थियाे । महाेत्सव फागुन २८ गतेदेखी आजसम्म सञ्चालन गरिएकाे थियाे ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङका अध्यक्ष एवं महोत्सव आयोजक मूल समितिका संयोजक लव अधिकारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा महोत्सव सफल बनाउनका लागि सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान पत्र, कदर पत्र एवं मायाको चिनो प्रदान गरिएको थियो । महोत्सवमा दैनिक विशेष कार्यक्रमहरू सम्पन्न भएका थिए । जसमा युवा विशेष, महिला विशेष, कृषि विशेष, स्थानीय उद्यमशीलता विद्यार्थी बीच कविता प्रतियोगिता सम्पन्न भएका थिए । समापन कार्यक्रमकाे सञ्चालन प्रचारप्रसार उपसमितिका संयाेजक आर.के.शीतलले गर्नुभएकाे थियाे । 

यसैबीच महोत्सव सफल बनाउनका लागि सहयोग गर्ने सम्पूर्णमा आयोजक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङले धन्यवाद ज्ञापन गरेको छ । महासंघका अध्यक्ष लव अधिकारी र महासचिव सीता मल्लले महोत्सव सफल बनाउनका लागि सहयोग गर्ने सम्पूर्ण समिति तथा उपसमितिका संयोजक एवं सदस्य सम्पूर्ण उद्योगी व्यवसायी विभिन्न संघसंस्था सरकारी निकाय, स्थानीय उद्यमी व्यवसायी, सुरक्षा निकाय, अधिकारकर्मी, सञ्चारकर्मी लगायत सम्पूर्ण दर्शकहरुमा धन्यवाद ज्ञापन गर्नुभएको हो ।

74d33f09-72c6-42c5-b34e-be47354ce2a1-(1)-1776515490.jpg

30e49d65-3085-43ed-a3a4-3d577add1e57-1776515312.jpg

83b20c7a-ab7d-4ebd-aadb-7216f14934a0-1776515490.jpg

30e49d65-3085-43ed-a3a4-3d577add1e57-1776515494.jpg

642ddf83-b0b2-4deb-a8f2-72b9f4b61120-1776515492.jpg

प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  १८:१७
प्रतिक्रिया दिनुहोस्