दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

 बंगलाचुलीमा “भान्सा सुधारमार्फत स्वस्थ जीवनशैली प्रवर्द्धन” सम्बन्धी  अभिमुखीकरण कार्यक्रम सम्पन्न

मंगलबार, वैशाख ८, २०८३

दाङ,८ बैशाख - दाङको बंगलाचुली गाउँपालिका वडा नं. ३ कमिरेचौरमा “भान्सा सुधारमार्फत स्वस्थ जीवनशैली प्रवर्द्धन” सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

नागरिक आरोग्य समूहका प्रतिनिधिहरूसँग आयोजना गरिएको उक्त कार्यक्रमको सहजीकरण वरिष्ट कविराज रिशीराज शर्माले गर्नुभएको थियो भने अध्यक्षता वडा नं. ३ का वडा अध्यक्ष शोभाराज विश्वकर्माले गर्नुभएको थियो। कार्यक्रमको आयोजना बंगलाचुली गाउँपालिका हाँसीपुर आयुर्वेद दाङले गरेको हो भने व्यवस्थापन वडा नं. ३ को कार्यालयले गरेको थियो।

कार्यक्रममा बोल्दै वरिष्ट कविराज ऋषिराम  शर्माले स्वस्थ जीवनका लागि नियमित योग, ध्यान तथा व्यायाम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भान्सामा सुधार गर्दै सन्तुलित आहार सेवन गर्न, तेलमा तारेका तथा मसलेदार परिकार कम खान र सिजन अनुसारका फलफूल सेवन गर्न सुझाव दिनुभयो। साथै, रासायनिक मल र किटनाशकको प्रयोग नगरी उत्पादन गरिएका तरकारी प्रयोग गर्न आग्रह गर्नुभयो। नसर्ने रोगबाट बच्न आहार, व्यवहार र विचारमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।

त्यस्तै, वडा अध्यक्ष शोभाराज विश्वकर्माले रोग लागेपछि मात्र नभई पहिले नै सचेत रहनुपर्ने बताउँदै नियमित स्वास्थ्य परीक्षण गर्न र दैनिक सन्तुलित भोजन गर्न आग्रह गर्नुभयो। उहाँले कार्यक्रममा सिकेका ज्ञान व्यवहारमा लागू गर्न र अरूलाई पनि जानकारी गराउन आग्रह गर्नुभयो।

कार्यक्रममा वडा नं. ३ र ४ का गरी २३ जनाको सहभागिता रहेको थियो। सहभागीहरूको सुगर, प्रेसर, तौल तथा उचाइ जाँच समेत गरिएको थियो।WhatsApp-Image-2026-04-21-at-18.14.37-(2)-1776775534.jpeg

कार्यक्रममा हाँसीपुर आयुर्वेद दाङका वरिष्ट कविराज रिशीराज शर्मा, बंगलाचुली अस्पतालका इन्चार्ज शुवास चन्द शेर्पाली तथा बंगलाचुली आयोर्वेद औषधालय कमिचौर कि कविराज सावित्री भण्डारी लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३  १८:३३
प्रतिक्रिया दिनुहोस्