कार्यालयमा विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

बिहीबार, वैशाख १०, २०८३

काठमाडाै‌,१० बैशाख - सरकारले देशभरका सरकारी कार्यालयलाई कर्मचारीको विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखाले आज सबै मन्त्रालय, विभाग, कार्यालय, निकाय तथा पालिकालाई पत्र पठाएर विद्युतीय हाजिरी अनिवार्य गर्न भनेको हो ।

पत्रमा कर्मचारीको उपस्थितिको अभिलेखीकरणका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गर्न र अहिलेसम्म विद्युतीय हाजिरी प्रणाली नभए अनिवार्य रूपमा व्यवस्था गर्न भनिएको छ ।

कर्मचारी आएको र गएको विद्युतीय हाजिरी प्रणालीबाटै गर्ने व्यवस्था गर्न निर्देशन दिँदै मन्त्रालयले हाजिरी विवरण हरेक १५ दिनमा प्रिन्ट गरी प्रमाणित गर्न भनेको छ । यसरी प्रमाणित गरिएको हाजिरीको अभिलेख राख्न पनि मन्त्रालयले निर्देशन दिइएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३  २०:५४
प्रतिक्रिया दिनुहोस्
समाचार