सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
रोल्पा,१३ बैशाख - रोल्पामा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ । हिजो शनिबार राति परेको चट्याङका कारण परिवर्तन गाउँपालिका वडा नंम्बर ४ तातापानीस्थित तुसारवोट बस्तीका ७७ वर्षीय लालु वलीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार गएराति करिब साढे ८ बजेको समयमा वलीको घरभन्दा करिब ५ मिटर पश्चिममा रहेको रुखमा चट्याङ परेको थियो । रुखमा परेको सोही चट्याङको असरले घरैमा रहेका वलीलाई लाग्दा उहाँको घटनास्थलमै मृत्यु भएको हो ।
रोल्पाको लुङ्ग्री गाउँपालिकामा चट्याङ लागेर चारवटा भैँसी मरेका छन्। शनिबार साँझ परेको चट्याङका कारण स्थानीय किसानको गोठमा बाँधिएका भैँसी मरेको रोल्पा प्रहरीले जनाएको छ ।लुङ्ग्री गाउँपालिका वडा नं. ४ सालडाँडास्थित ४५ वर्षीय गजिम गिरीको गोठमा शनिबार बेलुका करिब ६ बजेको समयमा चट्याङ परेको थियो।
गोठभित्रै बाँधिराखिएको अवस्थामा चट्याङ लाग्दा एउटा दुहुनो भैँसी, एउटा ब्याउने भैँसी र दुईवटा पाडी मृत फेला परेका छन्। चट्याङबाट गोठ र पशुपक्षीमा क्षति पुगे पनि अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।एक्कासि परेको चट्याङले ठुलो संख्यामा पशुचौपाया सखाप भएपछि पीडित किसानलाई आर्थिक क्षति पुगेको छ ।