सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौं, ११ बैशाख - चर्चित गायक कुमार पौडेलको बिल्कुलै नयागित ‘युपी बिहार’ भने बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । ‘युपी बिहार बोलको यस गितमा अहिलेको चर्चित गायिका शान्ति श्री परियार र गायक कुमार पौडेलको स्वर सुन्न सकिन्छ । यस गितको भिडियो केहि दिन अघि मात्र सार्बजनिक गरिएको हो । यस गितले दर्शकको सुने स्वर्ताको निकै राम्रो प्रतिक्रिया पाएको र मन जित्ने कुरामा आफु खुसि रहेको कुरा गायक पौडेल बताउछन । गायक पौडेलको गायिका शान्ति श्री परियार संगको यो पहिलो सहकार्य भएको उनि बताउछन ।
यस गितमा गितको शब्द/संगीत भने अहिलेका व्यस्त गितकार/संगीतकार रमेश परियारले गरेका हुन् । ओजन स्टुडियोमा रेकर्ड भएको यस गितको अरेन्ज बिस्वाश नेपाल त्यस्तै ध्वनि सम्पादन बिनोद परियारले गरेका हुन् । भारतको आसाममा जन्मिएका गायक पौडेलका दर्जन बढी गितहरु बजारमा सार्बजनिक भईसकेका छन् । बाल्यकालको पढाई लेखाई उदयपुरमा सकेका गायक पौडेल नेपाल सरकारको प्राबिधिक अन्तर्गत रास्ट्रीय खेलकुद परिसद संघ टेबुल टेनिस प्रशिक्षक , त्यस्तै उनि नेपालमा बिशेष गरि ब्लाईन्ड हरुलाई टेबुल टेनिशको कोच गर्ने काम गर्छन ।
करण चैसिरको छायांकन रहेको म्युजिक भिडियोलाई नबिन घर्ति मगरले भिडियो सम्पादन गरेका हुन् । जसको कोरियोग्राफी तथा निर्देशन मुकेश नेपालिले गरेका हुन् । भिडियोमा सन्तोष दुवाडी , रंजित पौडेल , नितु परियार , प्रतीक्षा खत्री आदि फिचर्ड भएका छन् । यस गितको म्युजिक भिडियो रंजित पौडेलको अफिसियल युटुब च्यानल बाट सार्बजनिक भएको छ ।