दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

बंगलाचुली गाउँपालिकाद्वारा दोस्रो चौमासिकको सार्वजनिक सुनुवाइ सम्पन्न: विकास र सुशासनमा स्थानीयको चासो

बुधबार, वैशाख ३०, २०८३

दाङ, ३० वैशाख - दाङको बंगलाचुली गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम आज  वडा नम्बर ६ को भुटनेटास्थित वडा कार्यालयको सभाहलमा सम्पन्न गरेको छ। गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा पालिकाले सम्पादन गरेका विकास निर्माण, बजेट कार्यान्वयन र सेवा प्रवाहको अवस्थाबारे स्थानीय नागरिकलाई प्रत्यक्ष जानकारी गराइएको थियो । भने नागरिकले उठाएका सुशासन, पूर्वाधार निर्माणमा ढिलाइ र सामाजिक सुरक्षाका सवालमा जनप्रतिनिधि तथा कर्मचारीहरूले जवाफ प्रस्तुत गरेका थिए। कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले जनताका गुनासोलाई सम्बोधन गर्दै जनभावना अनुसार अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो। 696760974_1677198766805117_3374644659744389567_n-1778677446.jpgकार्यक्रममा उपाध्यक्ष भक्त बहादुर जिसी, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, वरिष्ठ लेखा अधिकृत नारायण प्रसाद आचार्य, वडा अध्यक्ष डोम बहादुर केसी, शिक्षा शाखा प्रमुख ओम प्रकाश केसी, इन्जिनियर विष्णु पुन,स्वास्थ्यशाखा प्रमुख नेव बहादुर केसी,आलेप शाखा प्रमुख महेन्द्र शर्मा,योजना शाखा प्रमुख टोपेन्द्र वली, महिला तथा वालवालिका शाखा प्रमुख कल्पना केसी, लगायतका विषयगत शाखाका प्रमुखहरूले स्थानीय सहभागीहरूले उठाएका प्रश्नहरूको जवाफ दिनुभएको थियो। 696281528_1677198446805149_7466841996997667748_n-1778677559.jpg

वडा नम्बर ६ का स्थानीयको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागीहरूले विशेष गरी विद्यालयको शैक्षिक सुधार, कृषि अनुदानको समानुपातिक वितरण, सडक स्तरोन्नति र पालिकाबाट प्रवाह हुने सेवामा हुने ढिलासुस्तीका बारेमा जिज्ञासा राख्नुका साथै पालिकाको विकास योजनाहरूमा जनसहभागिता सुनिश्चित गर्न माग गरेका थिए। सहभागीहरूको प्रश्नको जवाफ दिँदै प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले प्रशासनिक प्रक्रियालाई थप चुस्त बनाइने र बजेटको सदुपयोग गरिने बताउनुभयो। उपाध्यक्ष भक्त बहादुर जिसीले पालिकाको बजेटलाई न्यायोचित ढंगले वितरण गरिएको दाबी गर्दै लक्षित वर्गका कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो। 698003987_1677198313471829_593123151588890786_n-1778677503.jpg

कार्यक्रममा गाउँपालिका अध्यक्ष पुनमगरले सार्वजनिक सुनुवाइले जनप्रतिनिधि र जनताबीचको दुरी घटाउने र गाउँपालिकाको समग्र विकासका लागि स्थानीयको खबरदारी अपरिहार्य रहेको बताउँदै प्राप्त सुझावका आधारमा आफुहरुले कामगर्ने बताउनुभयो । कार्यक्रममा स्थानिय कमल खत्री,खगुराज डाँगी, हिरालाल घर्तिमगर,तेज बहादुर वली,चित्र बहादुर डाँगी,युवराज घर्तिमगर, गुमान सिह घर्तिमगर, बाबुराम घर्तिमगर, घनश्याम पुन लगाएतले जनप्रतिनिधि तथा कार्यालयका कर्मचारीहरुलाई विभिन्न विषयमा जिज्ञासा राखेका थिए । 697103648_1677198513471809_8773462419209505264_n-(1)-1778677653.jpg

कार्यक्रमको सहजिकरण गाउँपालिकाका प्रशासन शाखा प्रमुख नुमाकान्त कालाथोकिले गर्नुभएको थियो । कार्यक्रमले स्थानीय स्तरमा सुशासनको प्रत्याभूति गराउन र नागरिकलाई आफ्ना अधिकार र पालिकाका गतिविधिबारे सचेत गराउन महत्त्वपूर्ण भूमिका खेलेको ठहर गरिएको छ।696281528_1677198446805149_7466841996997667748_n-(1)-1778677716.jpg696404193_1677201346804859_3273624827865624762_n-(1)-1778677746.jpg
 

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  १८:५४
प्रतिक्रिया दिनुहोस्