दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM
विश्व उच्च रक्तचाप दिवस

राप्तीमा नसर्ने रोगको निःशुल्क स्क्रिनिङ तथा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

आइतबार, जेठ ३, २०८३

सिसहनियाँ, ३ जेठ - दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँमा विश्व उच्च रक्तचाप दिवसको अवसरमा निःशुल्क नसर्ने रोग परीक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ।

“उच्च रक्तचाप नियन्त्रणमा सबैको साथ : नियमित रक्तचाप जाँचौँ, मौन घातकलाई पराजित गरौँ” भन्ने नारासहित आइतबार आयोजित कार्यक्रममा ७९ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो।WhatsApp-Image-2026-05-17-at-19.38.25-1779027364.jpeg

शिविरमा सहभागीहरूको मधुमेह तथा उच्च रक्तचाप परीक्षण गर्नुका साथै मिर्गौला रोगको प्रारम्भिक पहिचानका लागि पिसाब परीक्षण, उचाइ–तौलका आधारमा बीएमआई मापन लगायतका सेवा प्रदान गरिएको थियो।

सिसहनियाँ उद्योग वाणिज्य संघको समन्वय तथा राप्ती गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी तथा नागरिकहरूलाई मुटु रोग, उच्च रक्तचापबाट बच्ने उपाय, नियमित स्वास्थ्य परीक्षणको महत्व, स्वस्थ खानपान तथा जीवनशैली सुधार सम्बन्धी जानकारी समेत प्रदान गरिएको थियो।WhatsApp-Image-2026-05-17-at-19.38.26-1779027392.jpegकार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले उच्च रक्तचापलाई “मौन घातक” रोगका रूपमा उल्लेख गर्दै समयमै परीक्षण र जनचेतना अत्यन्त आवश्यक रहेको बताउनुभयो।

उहाँले पछिल्लो समय अस्वस्थ खानपान, तनाव तथा शारीरिक गतिविधिको कमीका कारण मधुमेह र उच्च रक्तचापजस्ता नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको भन्दै सबैलाई नियमित स्वास्थ्य परीक्षण गर्न आग्रह गर्नुभयो।WhatsApp-Image-2026-05-17-at-19.38.17-1779027420.jpeg

स्वास्थ्य शाखा प्रमुख नारायण राउतले पछिल्लो समय नसर्ने रोगको अवस्था चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो। उहाँका अनुसार गाउँपालिकाले चालु आर्थिक वर्षमा मात्रै २४ स्थानमा यस्ता स्वास्थ्य शिविर सञ्चालन गरी ६ हजार ८ सय २५ जनाको स्वास्थ्य परीक्षण गरेको छ।WhatsApp-Image-2026-05-17-at-19.38.19-1779027457.jpegतीमध्ये २ हजार २ सय १० जनामा उच्च रक्तचाप, ८ सय ८ जनामा मधुमेह, ७ सय ११ जनामा अत्यधिक मोटोपन तथा करिब ३ हजार जनामा उचाइअनुसार तौल बढी रहेको पाइएको जानकारी उहाँले दिनुभयो।

सिसहनियाँ उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रममा स्थानीयवासी, व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। समुदायस्तरमै स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको WhatsApp-Image-2026-05-17-at-19.38.18-1779027492.jpeg

प्रकाशित मिति: आइतबार, जेठ ३, २०८३  २०:०३
प्रतिक्रिया दिनुहोस्