दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

बङ्गलाचुली-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा तदर्थ समिति गठन

मंगलबार, जेठ ५, २०८३

दाङ,५ जेठ -  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बङ्गलाचुली गाउँपालिका वडा नं. ५ मा वडा तदर्थ समिति गठन गरिएको छ। झेल्नेटामा सम्पन्न कार्यक्रम पालिका सभापति विक्रम डाँगीको अध्यक्षता तथा भक्तबहादुर वलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा पालिका सहसचिव खिमबहादुर बैजाली, उपसभापति नव क्षेत्री लगायतका पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

नवगठित वडा तदर्थ समितिको सभापतिमा दिलबहादुर खत्री तथा उपसभापतिमा प्रेम वली चयन हुनुभएको छ। समितिको सल्लाहकारमा बलबहादुर खत्री, नेमराज महरा र हेमकुमार वली चयन हुनुभएको जनाइएको छ।

त्यसैगरी सदस्यहरूमा निमबहादुर बुढा, दिनेश बैजाली, रिविका वि.क., शान्ति घर्ती मगर, सचिव जानका कुमारी के.सी., मिना महरा लगायतलाई समेटेर ११ सदस्यीय वडा कार्यसमिति गठन गरिएको बताइएको छ।

कार्यक्रममा वक्ताहरूले संगठन विस्तार गर्दै गाउँस्तरमा जनताको आवाज उठाउने तथा सक्रिय रूपमा पार्टीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  ०७:४७
प्रतिक्रिया दिनुहोस्