बंगलाचुलीमा शिक्षकहरूका लागि प्राथमिक स्वास्थ्य उपचार तालिम सम्पन्न

आइतबार, जेठ १०, २०८३

कमिरेचौर,१०जेठ - दाङको बंगलाचुली गाउँपालिकामा शिक्षकहरूका लागि आयोजित तीनदिने प्राथमिक स्वास्थ्य उपचारसम्बन्धी तालिम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा कमिरेचौरको समन्वयमा जेठ ८ गतेदेखि सञ्चालन भएको उक्त तालिमको आज औपचारिक रूपमा समापन गरिएको हो।

​नेपाल रेडक्रस सोसाइटी दाङका मन्त्री एवं मुख्य प्रशिक्षक प्रकाश श्रीवन्दको अध्यक्षता तथा बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसीको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भएको थियो।Messenger_creation_F23120DA-E53B-46F1-B212-E555A4B59DB3-1024x768-1779630541.jpg

समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले तालिमप्राप्त शिक्षकहरू अब विद्यालयमा हुन सक्ने जुनसुकै आकस्मिक दुर्घटनाको प्राथमिक उपचारका लागि तयार रहनुपर्ने बताउनुभयो। उहाँले प्राथमिक उपचार अत्यन्तै संवेदनशील र महत्त्वपूर्ण विषय भएको भन्दै विद्यालयमा विद्यार्थीहरूको उपचार गर्दा घटनाको प्रकृतिलाई राम्रोसँग बुझ्नुपर्ने आवश्यक रहेको समेत बताउनुभयो ।WhatsApp-Image-2026-05-24-at-19.27.07-1779630419.jpeg

विद्यालयमा हुने दुर्घटना सोही विद्यालयको भौतिक पूर्वाधार, विद्युत, खानेपानी लगायतका विषयमा विशेष ध्यान दिनुपर्ने उहाँले सुझाव दिनुभएको थियो । शिक्षक समाज ऎना भएको कुरामा जोड दिँदै उहाँले हरेक क्षेत्रमा हुने विकास निर्माणका कार्यले नै दुर्घटनाका सम्भावनाहरु निम्त्याएको भएको हुँदा त्यसतर्फ सचेतना फैलाउनुपर्ने बताउनुभएको थियो । अहिले बदलिँदो परिस्थितिअनुसार आफ्नो पेशा र कार्य क्षेत्रलाई थप व्यवस्थित र सुरक्षित बनाउनुपर्ने उहाँले बताउनुभएको थियो ।

​कार्यक्रमका अध्यक्ष एवं नेपाल रेडक्रस सोसाइटी दाङका मन्त्री प्रकाश श्रीवन्दले रेडक्रसले स्थापनाकालदेखि नै सरकारसँगको समन्वयमा सामाजिक उत्तरदायित्वका काम गर्दै आएको स्मरण गर्नुभयो। विद्यालय तहमा हुने दुर्घटना न्यूनीकरणका लागि यो तालिम कोसेढुङ्गा सावित हुने उल्लेख गर्दै उहाँले मानवीय विपद्का समयमा रेडक्रस सधैँ अग्रपङ्क्तिमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। गाउँपालिकाले विद्यालयको सुरक्षालाई ध्यानमा राखी तालिम आयोजना गरेकोमा उहाँले धन्यवाद समेत ज्ञापन गर्नुभयो।WhatsApp-Image-2026-05-24-at-19.27.09-1779630443.jpegतीनदिने स्वास्थ्य उपचारसम्बन्धी तालिम सहभागी शिक्षक शिवराज पौडेल र शिक्षिका कुश्मा पोख्रेलले तीनदिने सत्र निकै प्रभावकारी र व्यावहारिक रहेको बताउनुभयो। उहाँहरूले प्राथमिक उपचारका सूक्ष्म विधिहरू सिक्ने अवसर पाएको र यसलाई विद्यालयमा दृढताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै यस्ता उपयोगी तालिमलाई भविष्यमा पनि निरन्तरता दिन माग गर्नुभएको थियो।WhatsApp-Image-2026-05-24-at-19.27.10-(1)-1779630500.jpeg

तीनदिनसम्म सञ्चालन भएको तालिममा प्रशिक्षक रुपमा रेडक्रस सोसाइटीका बिश्राम अधिकारी, भिमलाल मरासिनी, शशिधर शर्मा रहनुभएको थियो भने प्रशिक्षार्थीका रुपमा गाउँ पालिकाभित्रका २८ वटा विद्यालयका शिक्षक तथा शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन रेडक्रस उपशाखा कमिरेचौरका प्रमुख जीवन रोकाले गर्नुभएको थियो ।WhatsApp-Image-2026-05-24-at-19.27.11-(1)-1779630562.jpeg

प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३  १९:३४
प्रतिक्रिया दिनुहोस्
समाचार