गढवामा जन स्वास्थ्य अधिकृत मनिसा गैरेलाई बिदाइ तथा फेरि भेटौँला कार्यक्रम सम्पन्न

मंगलबार, जेठ १९, २०८३

गढवा,१९  जेठ - गढवा गाउँपालिका स्वास्थ्य शाखामा जनस्वास्थ्य अधिकृतको रूपमा कार्यरत रही आफ्नो कर्तव्यनिष्ठा, इमान्दारिता, दक्षता र समर्पणका साथ उत्कृष्ट सेवा प्रवाह गर्नुभएकी मनिसा गैरेको बिदाइ तथा “फेरि भेटौँला” कार्यक्रम सम्पन्न भएको छ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले जनस्वास्थ्य अधिकृत गैरेले छोटो अवधिमा पनि स्वास्थ्य क्षेत्रको सुधार र सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो। उहाँले करिब आठ महिनाको कार्यकालमा गैरेले स्वास्थ्य शाखाको कामलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै गाउँपालिकाको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल तथा कर्मचारीहरूको तर्फबाट सहकारी शाखा प्रमुख अशोक कुमार यादवले शुभकामना मन्तव्य व्यक्त गर्दै गैरेको आगामी कार्ययात्रा सफल र उपलब्धिमूलक रहोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको थियो।

बिदाइका क्रममा वक्ताहरूले गैरेको सरल व्यवहार, कार्यप्रतिको समर्पण र सेवाग्राहीमैत्री कार्यशैलीले स्वास्थ्य शाखाको कार्यसम्पादनमा सकारात्मक प्रभाव पारेको स्मरण गरेका थिए। उनीहरूले जहाँ रहे पनि जनस्वास्थ्य क्षेत्रको विकास र सेवामा उहाँको योगदान निरन्तर रहने विश्वास व्यक्त गरे।

जनस्वास्थ्य अधिकृत मनिसा गैरे करिब आठ महिनादेखि गढवा गाउँपालिका स्वास्थ्य शाखामा अधिकृत सातौँ तहमा कार्यरत रहनुभएको थियो। कार्यक्रममा उहाँलाई सम्मान तथा मायाको चिनो प्रदान गर्दै सफल भविष्यको शुभकामना व्यक्त गरिएको थियो।
कार्यक्रमको सहजीकरण शिक्षा शाखाका हरी पोख्रेलले गर्नुभएको थियो। 

प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३  १५:२२
प्रतिक्रिया दिनुहोस्
समाचार