अम्बिका मा.वि.हर्नाेक दाङमा बालक्लब पूर्णगठन

मंगलबार, जेठ २६, २०८३

दाङ,२६ जेठ - दाङकाे घाेराही उप महानगरपालिका वडा नम्बर १ स्थित श्री अम्बिका माध्यमिक विद्यालय हर्नोक दाङमा बालक्लब पूर्णगठन गरिएको छ । विद्यालयमा विद्यार्थीहरूको नेतृत्व क्षमता विकास गर्ने, बालअधिकार सम्बन्धी सचेतना अभिवृद्धि गर्ने तथा विद्यालयका विभिन्न गतिविधिमा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यले बालक्लब गठन गरिएको विद्यालयले जनाएको छ। 

बालक्लबमार्फत विद्यार्थीहरूमा जिम्मेवारी बोध, अनुशासन, सहकार्य, सिर्जनशीलता र निर्णय क्षमताको विकास हुने विश्वास गरिएको छ। साथै विद्यालय तथा समुदायमा हुने शैक्षिक, सामाजिक, वातावरणीय तथा सचेतनामूलक कार्यक्रमहरूमा विद्यार्थीहरूको सक्रिय भूमिका बढाउन समेत बालक्लब गठन गरिएको बताइएको छ। विद्यालयका अनुसार बालक्लबले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन, व्यक्तित्व विकास तथा बालमैत्री शैक्षिक वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। बाल क्लबका सचिव सिम्रन परियारको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक सन्त बहादुर पुनको प्रमुख आतिथ्यमा भएको विद्यार्थीहरूको भेलाले १३ सदस्यीय बालक्लब पूर्णगठन गरेकाे हाे । 

विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थी मध्य बालक्लबमा बस्न इच्छुक ५१ जना विद्यार्थीहरूको उपस्थितिमा बालक्लब गठन गरिएको हो । पूर्णगठित बालक्लबको अध्यक्षमा सिम्रन परियार, उपाध्यक्षमा प्रशान्त न्याैपाने, सचिवमा शिला पुन मगर, कोषाध्यक्षमा एलिसा बुढा मगर, सहसचिवमा करिश्मा घर्तिमगर, सदस्यमा ग्रीष्मा थापा, समीक्षा खड्का, दीपक भण्डारी, हिमन्त ओली, ऋतु खत्री, नवीन खत्री बि, तिलक नेपाली र बिकी कँवर रहनु भएको छ । 

बालक्लबको संरक्षक शिक्षकमा शिक्षक विमल योगी रहनु भएको छ । नवगठित बालक्लबलाई विद्यालयका प्रधानाध्यापक सन्त बहादुर पुन,सहायक प्रधानाध्यापक हरिबहादुर विष्ट,मावी डाडागाउँ गोग्लीका शिक्षक सतिस कुमार आचार्य लगायत सम्पूर्ण शिक्षक कर्माचारीहरूले शुभकामना दिनुभएको थियाे ।

प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  १८:४२
प्रतिक्रिया दिनुहोस्
समाचार