देशभर मौसम बदली, कतै भारी वर्षाको सम्भावना

शनिबार, जेठ ३०, २०८३

दाङ,३० जेठ - गएराति पूर्व र मध्य भेगका केही ठाउँमा हल्का वर्षा भएको छ । आज पनि देशभर बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता देशभर वर्षा भएसँगै गर्मी घट्न थालेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगका थोरै ठाउँहरु तथा बाँकी पहाडी र तराई भेगका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भरे राति कोशी, मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेशका एक, दुई ठाउँमा भने ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ ३०, २०८३  ०६:२३
प्रतिक्रिया दिनुहोस्