सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौँ,३० जेठ - काभ्रेपलाञ्चोकको बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको बस दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा दुर्घटनामा परेको थियो। दुर्घटनामा आठ जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन्।
घाइतेहरूको उद्धार गरी धुलिखेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विज्ञप्ति जारी गर्दै दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
सरकारले दुर्घटनालगत्तै उद्धार तथा उपचार कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको जनाएको छ। घटनाबारे थप जानकारी संकलन भइरहेको सम्बन्धित निकायले बताएका छन्।