सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ, २२ असार - दाङको भालुबाङमा लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय भालुबाङबाट स्वीप अपरेशनमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा जिल्ला कपिलवस्तु शिवराज नगरपालिका–५ पर्चियाका ४२ वर्षीय साकिर खानलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार खान लागुऔषध ब्राउन सुगर बिक्री–वितरणका लागि भालुबाङतर्फ आइरहेको भन्ने सूचनापछि निगरानी बढाइएको थियो। सोही क्रममा दाङको राप्ती गाउँपालिका–१ भालुबाङ क्षेत्रमा शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई नियन्त्रणमा लिई खानतलासी गर्दा ६ ग्राम ७७० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको थियो।
बरामद भएको पदार्थसहित खानलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएको छ।