दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

दंगीशरण गाउँपालिकाको ४६ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित

बुधबार, असार १०, २०८३

दंगीशरण,१० असार -   दाङकाे दंगीशरण गाउँपालिकाको २१औँ गाउँसभाको दोस्रो बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि ४६ करोड ४५ लाख ४८ हजार रुपैयाँ बराबरको वार्षिक बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।

बुधबार सम्पन्न गाउँसभामा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले प्रस्तुत गर्नुभएको वार्षिक बजेट सर्वसम्मत रूपमा पारित भएको हो।
आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान ९ करोड ६० लाख रुपैयाँ, सशर्त अनुदान (चालुतर्फ) १४ करोड ९५ लाख रुपैयाँ, सशर्त अनुदान (पुँजीगततर्फ) ७८ लाख रुपैयाँ, विशेष अनुदान २ करोड रुपैयाँ, समपूरक अनुदान २ करोड ५८ लाख रुपैयाँ तथा राजस्व बाँडफाँडबाट ९ करोड ७६ लाख ४३ हजार रुपैयाँ गरी कुल ३९ करोड ६७ लाख ४३ हजार रुपैयाँ विनियोजन गरेको छ।729004273_1009067618513595_5015809485623401873_n-1782311210.jpgत्यस्तै, प्रदेश सरकारबाट समानीकरण अनुदान ६३ लाख ८५ हजार रुपैयाँ, सवारी साधन करबाट प्राप्त राजस्व बाँडफाँड ८७ लाख २० हजार रुपैयाँ, समपूरक अनुदान ७५ लाख रुपैयाँ, सशर्त अनुदान (चालुतर्फ) १० लाख रुपैयाँ, सशर्त अनुदान (पुँजीगततर्फ) १ करोड २० लाख रुपैयाँ तथा विशेष अनुदान २२ लाख रुपैयाँ गरी कुल ३ करोड ७८ लाख ५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

गाउँपालिकाले आन्तरिक आम्दानी तथा अन्य स्रोतबाट ३ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरेको छ। संघीय सरकार, प्रदेश सरकार र आन्तरिक स्रोतबाट प्राप्त हुने रकम समेटेर आर्थिक वर्ष २०८३/८४ का लागि ४६ करोड ४५ लाख ४८ हजार रुपैयाँको वार्षिक बजेट गाउँसभाबाट सर्वसम्मत रूपमा पारित गरिएको हो।

गाउँसभाको दोस्रो बैठकमा गाउँपालिका अध्यक्ष शम्भु गिरीले निर्णयार्थ पेश गर्नुभएको आर्थिक विधेयक, विनियोजन विधेयक तथा राजस्व र व्ययको अनुमानित बजेट समेत सर्वसम्मत रूपमा पारित भएको गाउँपालिकाले जनाएको छ।730104607_1009067665180257_7015920954773723573_n-1782311238.jpg

प्रकाशित मिति: बुधबार, असार १०, २०८३  २०:१२
प्रतिक्रिया दिनुहोस्