दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्ती गाउँपालिकाले ल्यायो ७५ करोड ४ लाख ९६ हजारको बजेट

बिहीबार, असार ११, २०८३

मसुरिया, १० असार - दाङको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७५ करोड ४ लाख ९६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

गाउँपालिकाको दोस्रो गाउँसभाको नवौं अधिवेशनमा उपाध्यक्ष कमलापति चौधरीले बजेट प्रस्तुत गर्दै संघीय सरकार, प्रदेश सरकार, राजस्व बाँडफाँट तथा आन्तरिक स्रोतसमेतबाट प्राप्त हुने आयका आधारमा उक्त बजेट विनियोजन गरिएको जानकारी दिनुभयो।RAPTI-RM-2083-1782346905.jpegउहाँका अनुसार कुल बजेटमध्ये पुँजीगततर्फ १९ करोड ६९ लाख ८६ हजार रुपैयाँ तथा चालुतर्फ ५५ करोड ३५ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ। त्यसैगरी वडा तहमा सञ्चालन हुने चालु तथा पुँजीगत कार्यक्रमका लागि ६ करोड ६९ लाख रुपैयाँ छुट्याइएको छ।

बजेटका लागि संघीय सरकारबाट वित्तीय समानीकरण, सशर्त, समपूरक तथा विशेष अनुदान गरी ५४ करोड ३२ लाख ५४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण, सशर्त, समपूरक, विशेष अनुदान तथा राजस्व बाँडफाँटमार्फत ६ करोड ४७ लाख २७ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।

गाउँपालिकाले आन्तरिक स्रोत, रोयल्टी बाँडफाँट, घरजग्गा रजिस्ट्रेशन तथा चालु आर्थिक वर्षको मौज्दात रकमसमेत गरी २ करोड ५ लाख रुपैयाँ आन्तरिक आम्दानी जुट्ने अनुमान गरेको छ।

उपाध्यक्ष चौधरीले चालु आर्थिक वर्ष २०८२/०८३ मा अनुमान गरिएको ६५ करोड २७ लाख २ हजार रुपैयाँ आयको तुलनामा आगामी वर्षको आय अनुमान ९ करोड ७७ लाख ९४ हजार रुपैयाँ (१४.९८ प्रतिशत) ले बढी रहेको बताउनुभयो।

राप्ती गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि ६५ करोड २७ लाख २ हजार रुपैयाँ बजेट ल्याएको थियो। आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट गत वर्षको तुलनामा करिब १० करोड २२ लाख ४० हजार रुपैयाँले बढी रहेको छ।

गाउँपालिकाले आगामी वर्षका लागि कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगारी प्रवर्द्धन, सामाजिक सुरक्षा तथा सुशासनलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम तर्जुमा गरेको जनाएको छ।RAPTI-RM1-1782346979.jpegRAPTI-RM2-1782347002.jpeg
 

प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  ०६:०८
प्रतिक्रिया दिनुहोस्
समाचार
टि.भी