भक्त बहादुर वलीद्वारा बंगलाचुली गाउँपालिका अध्यक्षमा  उम्मेदवारी घोषणा 

बुधबार, असार १७, २०८३

दाङ ,१७ असार - दाङको बंगलाचुली गाउँपालिकाका पूर्व अध्यक्ष भक्त बहादुर वलीले आगामी  वर्ष २०८४ हुने स्थानीय तह निर्वाचनका लागि गाउँपालिका अध्यक्ष पदको पुन: उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

वलीले आफ्नो धारणा सामाजिक संजाल मार्फत  गाउँपालिकावासी आमाबुवा, दाजुभाइ , दिदिबहिनी  तथा  जेन्जी युवा अन्य युवा  साथीहरु सम्बोधन गर्नुहुदै  विगतमा जनताको विश्वास र साथका कारण  अध्यक्ष  भएर  सेवा गर्ने अवसर प्राप्त  गरेको स्मरण  गर्नु भएको छ। आफ्नो कार्यकालमा  विकास, सुशासन , पारदर्शिता  र उत्तरदायी सेवाका  लागि  इमानदारीपूर्वक निरन्तर  प्रयास गरेको उहाँले बताउनुभयो ।

उहाँले  आगामी निर्वाचनमा उम्मेदवारी  दिने निर्णय  जनताको माया , विश्वास, सुझाव  र आग्रहको आधारमा  गरेको  उल्लेख गर्नुभएको छ । वलीका अनुसार  यो निर्णय  केवल पद प्राप्तिल्का लागि नभई विगतका अनुभवलाई अझ प्रभावकारी रुपमा उपयोग गर्दै  अधुरा विकासका कामलाई पूर्णता दिने, नयाँ सम्भावनाको ढोका  खोल्ने तथा समृद्ध , आत्मनिर्भर  र सुशासित बंगलाचुली निर्माण गर्ने उद्देश्यले  रहेको बताउनुभयो ।
उहाँले  विकासलाई राजनीति  भन्दा  माथी राखेर सबै  नागरिकको  साझा हितमा काम गर्ने प्रतिबद्धता  व्यक्त  गर्नु भएको छ । शिक्षा , स्वास्थ्य ,कृषि ,पर्यटन , रोजगारी,पूर्वाधार  विकास र सुशासनलाई उच्च  प्राथमिकतामा  राखेर समावेशी  तथा जनमुखी  स्थानीय  सरकार निर्माणमा निरन्तर  समर्पित  रहने उहाँको  भनाइ रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको  केन्द्रिय महाधिवेशन  प्रतिनिधिसमेत रहनु भएको  वलीले  आफ्नो अभियानमा सबैको साथ, विश्वास, सुझाव  र आशीर्वादको  अपेक्षा  गर्नु भएको छ ।  उहाँले "सबै मिलेर अझ समृद्ध , सक्षम र नमूना  बंगलाचुली निर्माण  गरौं "भन्ने सन्देशसमेत  दिनुभएको छ।

प्रकाशित मिति: बुधबार, असार १७, २०८३  २१:५१
प्रतिक्रिया दिनुहोस्
समाचार