ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा

सोमबार, असार २२, २०८३

काठमाडाै‌ , २२ असार - पाँच पटकको विश्व विजेता ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा नर्वेले ब्राजिललाई २–१ गोलले पराजित गरेको हो ।

नर्वेको जितमा एर्लिङ हालाण्डले २ गोल गरे । उनले खेलको ७९ औँ मिनेटमा पहिलो गोल गरेका थिए । दोस्रो गोल ९०औँ मिनेटमा गरे । ब्राजिलले दुईपटक पेनाल्टीको अवसर पाएको थियो ।

पहिलो पेनाल्टी ब्रुनो गिमारेसले सदुपयोग गर्न सकेनन् । अतिरिक्त समयमा नेयमारले पेनाल्टीमा गोल गरे । २८ वर्षपछि विश्वकपमा सहभागी नर्वेले ब्राजिललाई पराजित गर्दै क्वार्टरफाइनलको यात्रा तय गरेको हो ।

अब नर्वेले क्वार्टरफाइनलमा मेक्सिको र इङ्ग्ल्यान्डबीचको बिजेतासँग खेल्नेछ । नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

योसँगै ब्राजिल सन् १९९० यता पहिलो पटक क्वार्टरफाइनलअघि नै विश्वकपबाट बाहिरिएको छ । आजको खेलमा दुई गोल गरेका नर्वेका हालाण्ड चार खेलमा सात गोलसहित गोल्डेन बुटको दौडमा फ्रान्सका किलिएन एमबाप्पे र अर्जेन्टिनाका लियोनल मेसीकोे बराबरीमा पुगेका छन् ।

प्रकाशित मिति: सोमबार, असार २२, २०८३  ०८:०९
प्रतिक्रिया दिनुहोस्