बंगलाचुली गाउँपालिकाद्वारा तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न 

पालिकाले सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न शाखाबाट सञ्चालन भएका कार्यक्रमहरूको प्रगति विवरण सार्वजनिक
मंगलबार, असार २३, २०८३

दाङ, २३ असार - दाङकाे बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम आज कमिरेचौरमा सम्पन्न गरेको छ। गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पालिका अध्यक्ष तुल्सीराम पुनमगरले गाउँपालिकाले सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न शाखाबाट सञ्चालन भएका कार्यक्रमहरूको प्रगति सार्वजनिक गर्नुभएको थियो । 

गाउँपालिकाको सभाहल, कमिरेचौरमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले गाउँपालिकाले सञ्चालन गरेका विकास आयोजना, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सामाजिक सुरक्षा, राजस्व संकलन तथा सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित विषयमा जिज्ञासा, सुझाव तथा गुनासो राखेका थिए।740797574_1724115455446781_6081885632778424781_n-1783431220.jpgकार्यक्रममा जवाफदेही वक्ताका रूपमा गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जीसी, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, वडा नम्बर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा, वडा नम्बर ४ का अध्यक्ष डाँस बहादुर डाँगी, स्वास्थ्य शाखा प्रमुख नेव बहादुर केसी , शिक्षा शाखा प्रमुख ओमप्रकाश केसी लगायतले सहभागीले उठाएका प्रश्नहरूको जवाफ दिनुभएको थियो । उहाअरुले गाउँपालिका तथा सम्बन्धित शाखाबाट सम्पादन भएका कार्यक्रम, बजेट कार्यान्वयनको अवस्था, सेवा प्रवाहमा भएका उपलब्धि, देखिएका चुनौती तथा आगामी सुधारका योजनाबारे जानकारी गराउनुभएको थियो ।740836267_1724115105446816_6843657021103734825_n-1783431272.jpgकार्यक्रममा बोल्दै अध्यक्ष तुल्सीराम पुनमगरले सार्वजनिक सुनुवाइ स्थानीय सरकारको उत्तरदायित्व, पारदर्शिता र सुशासन प्रवर्द्धन गर्ने महत्वपूर्ण माध्यम भएको बताउनु भयो। उहाँले नागरिकबाट प्राप्त सुझाव र रचनात्मक आलोचनालाई आगामी योजना तथा सेवा प्रवाह सुधारका लागि मार्गदर्शनका रूपमा ग्रहण गरिने उल्लेख गर्नुभयो।उहाँले विकास निर्माणका कामलाई प्रभावकारी, गुणस्तरीय र नागरिकमैत्री बनाउन गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।741416353_1724115032113490_419075013040041158_n-1783431303.jpgस्थानीय सरकार सञ्चालन ऐनको मर्मअनुसार सार्वजनिक निकायलाई नागरिकप्रति थप उत्तरदायी, पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले बंगलाचुली गाउँपालिकाले नियमित रूपमा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्दै आएको छ। गाउँपालिकाले नागरिक सहभागितामार्फत सुशासन सुदृढ गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता समेत दोहोर्‍याएको छ।

कार्यक्रममा नेकपा एमालेका नेता तथा समाजसेवी भिम बहादुर खत्री,समाजसेवी तथा नेपाली काङग्रेसका नेता केशव जीसी,नेपाली कम्युनिष्ट पार्टिका नेता समाजसेवी पुनाराम खत्री,लगाएतका व्यक्तिहरुले पालिलकाको सेवाप्रभावह लगाएतका विषयमा जिज्ञासा राख्नुभएको थियो । कार्यक्रमको सहजीकारण गाउँपालिका प्रशासन शाखा प्रमुख नुमाकान्त कालाथोकिले गर्नुभएको थियो ।741636360_1724115745446752_3347555618332311196_n-1783431362.jpg

प्रतिक्रिया दिनुहोस्