दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

देशका धेरै क्षेत्रमा बदली, पहाड र तराईका केही स्थानमा आज ठूलो वर्षा र हावाहुरीको सम्भावना

बुधबार, असार २४, २०८३

काठमाडौं,२४ असार - देशका अधिकांश क्षेत्रमा आज मौसम बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति पहाडी क्षेत्र तथा तराईका एक/दुई स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाले गए राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मध्यमदेखि ठूलो वर्षा भएको जनाएको छ। पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा कास्कीमा मापन गरिएको छ। कास्कीमा ९७ मिलिमिटर वर्षा भएको महाशाखाको तथ्यांकमा उल्लेख छ।

आज दिउँसोपछि मधेश प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन्।

यस्तै, आज राति मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा ठूलो वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। सम्भावित भारी वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, डुबान, बाढी तथा पहिरोको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

महाशाखाले विशेषगरी वर्षा र हावाहुरी प्रभावित क्षेत्रमा यात्रा गर्ने, खेतीपाती तथा निर्माण कार्यमा संलग्न हुने नागरिकलाई मौसमको अवस्थाबारे जानकारी लिएर मात्र आवश्यक काम गर्न सुझाव दिएको छ।

प्रकाशित मिति: बुधबार, असार २४, २०८३  ०८:२३
प्रतिक्रिया दिनुहोस्