सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ,३ साउन - दाङको तुलसीपुरका दुई प्रतिभाशाली कराते खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई गौरवान्वित बनाएका छन्।
बंगलादेशको राजधानी ढाकामा सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसिपमा तुलसीपुरकी बिन्दु जीएमले महिला ४८ केजी तौल समूहमा स्वर्ण पदक (Gold Medal) जित्न सफल भएकी छन्। त्यस्तै, सतिस केसीले पुरुष ५५ केजी तौल समूहमा रजत पदक (Silver Medal) जित्दै नेपालको लागि अर्को महत्वपूर्ण सफलता दिलाएका छन्।
दुवै खेलाडीको यो उपलब्धिले दाङ जिल्लासहित समग्र नेपाली कराते खेलकुदको प्रतिष्ठा अझ उँचो बनाएको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल भएको यस सफलताप्रति खेलप्रेमी, प्रशिक्षक तथा स्थानीयवासीले खुसी व्यक्त गर्दै विजेता खेलाडीहरूलाई बधाई तथा आगामी प्रतियोगिताका लागि शुभकामना दिएका छन्।
दक्षिण एसियाली कराते च्याम्पियनसिपमा प्राप्त यो ऐतिहासिक सफलताले नेपाली खेलाडीहरूको क्षमता अन्तर्राष्ट्रिय मञ्चमा थप स्थापित भएको विश्वास गरिएको छ।