दंगीशरण गाउँपालिकामा हरियाली अभियान: "बिरुवा रोप्नु मात्र होइन, जोगाउनु मुख्य जिम्मेवारी"

शनिबार, साउन ९, २०८३

दंगीशरण,९ साउन -  जलवायु परिवर्तनको बढ्दो प्रभाव न्यूनीकरण, वन संरक्षण तथा हरियाली वातावरण प्रवर्द्धन गर्ने उद्देश्यले दाङको दंगीशरण गाउँपालिका–२ स्थित राजाकोट सामुदायिक वन क्षेत्रमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

राजाकोट सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रम समितिका अध्यक्ष चक्र मिलन विकको अध्यक्षतामा सञ्चालन भएको थियो। कार्यक्रममा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी प्रमुख अतिथि र गाउँपालिका उपाध्यक्ष पीमा वली खड्का विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

वृक्षारोपण कार्यक्रममा स्थानीयवासी तथा अतिथिहरूले विभिन्न प्रजातिका बिरुवाहरू रोप्दै वन क्षेत्रको संरक्षण, जैविक विविधताको प्रवर्द्धन र स्वच्छ वातावरण निर्माणमा सामूहिक प्रतिबद्धता जनाएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शम्भु गिरीले वृक्षारोपण केवल बिरुवा रोप्ने औपचारिक कार्य मात्र नभई भावी पुस्ताका लागि स्वच्छ वातावरण सुनिश्चित गर्ने महत्त्वपूर्ण अभियान भएको बताउनुभयो। उहाँले रोपिएका बिरुवाहरूलाई संरक्षण गरी हुर्काउनु सबैको समान जिम्मेवारी भएको उल्लेख गर्दै समुदायको सक्रिय सहभागिताले मात्र हरियाली अभियान सफल हुने धारणा व्यक्त गर्नुभयो।756042864_27630516296612491_3126790089945613608_n-1784981355.jpgत्यसैगरी विशेष अतिथि गाउँपालिका उपाध्यक्ष पीमा वली खड्काले वातावरण संरक्षणमा सामुदायिक वनहरूको भूमिका अतुलनीय रहेको चर्चा गर्दै यस्ता अभियानले नागरिकमा वातावरण संरक्षणसम्बन्धी चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो।756340579_27630515536612567_5997320316504298230_n-1784981408.jpg

756044216_27630517346612386_7943245688060585986_n-1784981437.jpg

757563649_27630513976612723_2597205615813939974_n-1784981477.jpg

756436681_27630513619946092_1525081353485234400_n-1784981476.jpg

754462887_27630514736612647_5540270945071551769_n-1784981474.jpg

755152021_27630514399946014_4123891079752572122_n-1784981473.jpg

757563445_27630515173279270_3313335478190960307_n-1784981472.jpg

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी, स्थानीयवासी, कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले बिरुवा रोप्नुका साथै तिनको गोडमेल, नियमित संरक्षण र हुर्काउने अठोट समेत व्यक्त गरेका छन्।

प्रकाशित मिति: शनिबार, साउन ९, २०८३  १८:००
प्रतिक्रिया दिनुहोस्