दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

दाङकाे तुलसीपुरमा एक बिद्यालयको बस रोकेर बिद्यार्थीमाथि खुकुरी प्रहार

बिहीबार, साउन १४, २०८३

दाङ, १४ साउन - मोटरसाइकलमा आएका दुई युवाले गहते खोलामा स्कुल बस रोकेर अरनिको माविमा कक्षा ११ मा अध्यनरत एक जना बिद्यार्थी माथि उल्टोमुखी खुकुरी प्रहार पछि फरार भएका थिए ।

दाङकाे तुलसीपुरस्थित ग्रेट अरनिको माविका बिद्यार्थी छोड्न जाँदै गरेको बसलाई तुलसीपुर –८ गहते खोलामा रोकेर मोटरसाइकलमा आएका दुई युवाले बस भित्र प्रबेश गरि कक्षा ११ मा अध्यनरत नयन वली माथि प्रहार गरेका थिए ।

विद्यालयका प्रिन्सिपल बिष्णु देवकोटाका अनुसार मोटरसाइकलमा आएका दुई युवाले बस रोकेर भित्र प्रबेश गरि उल्टो तिरबाट झमाझम चार पटक खुकुरीले प्रहार गरेका थिए । बिहानी कक्षा पछि घर फर्किदै गरेका उनी माथि आक्रमण गरेपछि उनीहरु भागेका थिए ।

तुलसीपुर – १ भमके तिर बाट संचालन हुने बसका बिद्यार्थी सवार बस रोकेर आक्रमण गर्न थालेपछि बसका चालकले उनीहरु नियन्त्रणमा लिने खोज्दा उनीहरु भागेको प्रिन्सिपल देवकोटाले जानकारी दिए ।
घटना प्रत्येक्ष देखेकी एक जना बसमा सवार छात्रा आत्तिएर बेहोस बनेकी थिइन । इलाका प्रहरी कार्यालय तुलसीपुरले खुकुरी प्रहार घटनामा संलग्न ब्यक्तिहरुको खोजी भइ रहेको जनाएको छ ।

पुरानो रिसिबीका कारण वलीमाथि आक्रमण भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । बिद्यालय परिवारले पनि सोही कुरा गरेको छ । साभार लाइभदाङ

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  १६:५९
प्रतिक्रिया दिनुहोस्