दाङमा अगरबत्तिको रापले पेट्रोलपम्पको काउन्टरमा आगलागी हुँदा एक जना घाइते

शनिबार, भदौ ६, २०८३

दाङ, ०६ भदौ - दाङकाे  तुलसीपुरमा रहेको तुल्सी पेट्रोल पम्पमा आगलागी हुँदा एक जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–६ मेरो बजारस्थित तुल्सी पेट्रोल पम्पमा आज बिहान करिब साढे ५ बजे आगलागी भएको हो ।

रा १ ख २५५८ नम्बरको ट्याङ्करबाट पेट्रोल खन्याउने क्रममा कोठा भित्र बाल्दै गरेको अगरबत्तीको रापबाट काउन्टरमा आगलागी भएको हो । प्रारम्भिक विवरणअनुसार आगलागीमा परी पेट्रोल पम्पका मेनेजर ४२ वर्षीय हुकुम भण्डारीको हात, खुट्टा र अनुहारमा सामान्य जलन भएको छ ।


घाइते भण्डारीको अवस्था मध्यम रहेको र उहाँको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरीले कार्यालय तुलसीपुरले जनाएको छ । स्थानीयवासी र प्रहरीको सक्रियतामा बिहान ५ बजेर ५० मिनेटमा आगो नियन्त्रणमा आएको हो ।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३  १८:३१
प्रतिक्रिया दिनुहोस्
समाचार