दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

गढवाका करार शिक्षकद्वारा सेवा सुविधा बढाउन माग गर्दै ध्यानाकर्षण पत्र

मंगलबार, भदौ ९, २०८३

गढवा, ९ भदौ - दाङकाे गढवा गाउँपालिकामा करार सेवामा कार्यरत शिक्षकहरूले आफूहरूलाई स्थायी शिक्षकसरह सेवा सुविधा तथा महँगी भत्तालगायतका सुविधा उपलब्ध गराउन माग गर्दै गाउँपालिकाको ध्यानाकर्षण गराएका छन्।
करार शिक्षकहरूले मंगलबार गढवा गाउँपालिकाका कार्यवाहक पालिका अध्यक्ष लेखबहादुर थापालाई कार्यालयमै पुगेर ध्यानाकर्षण पत्र बुझाउँदै आफ्ना मागहरू सम्बोधन गर्न आग्रह गरेका हुन्।
स्थायी शिक्षकहरूको सेवा सुविधा तथा तलबभत्ता वृद्धि भए पनि गाउँपालिकाको अनुदानबाट करार सेवामा कार्यरत शिक्षकहरूको सेवा सुविधा वृद्धि नभएको भन्दै उनीहरूले आफूहरूलाई पनि समयअनुसार सेवा सुविधा उपलब्ध गराउन माग गरेका छन्।
ध्यानाकर्षण पत्र बुझ्दै कार्यवाहक पालिका अध्यक्ष लेखबहादुर थापाले शिक्षकहरूले उठाएका मागहरू सकारात्मक र जायज रहेको बताउँदै सम्बन्धित विषयमा आवश्यक छलफल तथा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले शिक्षकहरूको योगदानलाई सम्मान गर्दै समस्या समाधानका लागि गाउँपालिकाले आवश्यक प्रक्रिया अघि बढाउने बताउनुभयो।
करार शिक्षकहरूले आफूहरू लामो समयदेखि गाउँपालिकाको शैक्षिक क्षेत्रमा योगदान गर्दै आएको भन्दै श्रम र योगदानअनुसार उचित सेवा सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३  ०८:५७
प्रतिक्रिया दिनुहोस्