दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

रसुवा बाढीमा कपुरकोटका १३ जना सम्पर्कविहीन, खोज तथा उद्धारमा सहयोग गर्न गाउँपालिकाको अपिल

बिहीबार, भदौ ११, २०८३

सल्यान,११ भदौ  - अविरल वर्षाका कारण रसुवा जिल्लालगायत आसपासका जिल्लामा आएको बाढीपहिरो तथा त्यसबाट भएको ठूलो धनजनको क्षतिपछि सल्यानको कपुरकोट गाउँपालिकाले आफ्ना १३ जना नागरिक सम्पर्कविहीन रहेको जनाएको छ।

कपुरकोट गाउँपालिकाले जारी गरेको सूचनाअनुसार बाढी तथा विपद्का कारण प्रभावित क्षेत्रमा रहेका गाउँपालिकाका नागरिकहरूसँग हालसम्म सम्पर्क हुन नसकेको हो। गाउँपालिकाले सम्पर्कविहीन नागरिकहरूको खोज तथा उद्धार कार्यमा सहयोग गरिदिन सम्बन्धित सबै सरोकारवालालाई हार्दिक अपिल गरेको छ।

गाउँपालिकाका अनुसार सम्पर्कविहीन हुनेमा कपुरकोट–६, डिबाङका लक्ष्मण सार्की (४२), मानबहादुर विक (४२), लालबहादुर सार्की (३२), रामबहादुर सार्की (३५), तिलक सार्की (१७), किरण विक (२५), हिमलाल सार्की (५५) र प्रकाश सार्की (२५) रहेका छन्।

त्यस्तै कपुरकोट–६, खोलीगाउँका टेकबहादुर बस्नेत (५७), कपुरकोट–६, मगरघुरका दरिमान दमाई (४५) र दिलबहादुर सिंह (३३), कपुरकोट–५, सिस्नेरीका पाती राम महतारा (२९) तथा कपुरकोट–५, फल्नेपानीका विशाल रोका (२७) सम्पर्कविहीन रहेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले यी व्यक्तिहरूको अवस्था पत्ता लगाउन तथा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकाय, सुरक्षा निकाय, स्थानीयवासी तथा अन्य सरोकारवालासँग सहयोगका लागि अनुरोध गरेको छ।

गाउँपालिकाले जारी गरेको सूचनामा सम्पर्कविहीन १३ जनामध्ये केहीको स्थायी घरसमेत बन्द रहेको उल्लेख गरिएको छ। विपद्को अवस्थामा सूचना प्राप्त हुनेबित्तिकै खोज तथा उद्धार कार्यमा सहजीकरण गर्न गाउँपालिकाले आग्रह गरेको छ।

सम्पर्कविहीन नागरिकहरूको विवरण

787308526_1774907703638068_8722168179557279073_n-1787798002.jpg
 

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  ०८:१९
प्रतिक्रिया दिनुहोस्