रसुवा बाढी अपडेट

रसुवा बाढी अपडेट : मृत्यु हुने ३८९ जना पुग्याे, ४६६ जनाको उद्धार

शुक्रबार, भदौ १२, २०८३

काठमाडाै‍,१२ भदाै - रसुवाको भोटेकोसी नदीमा अचानक आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ३८९ जना पुगेको छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा १७ जना, नुवाकोटमा २८ जना, धादिङमा ३३ जना, चितवनमा १३७ जना, गोरखामा ३२ जना, तनहुँमा २८ जना, नवलपरासी पूर्वमा ८७ र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको हो ।

अहिलेसम्म १ हजार ९७६ जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको प्राधिकरणले जनाएको छ । अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयलाई पनि नेपाली सेनाले उद्धार गरेको छ ।

अहिलेसम्म सम्पर्कविहीन भएकाहरुको संख्या ९७७ जना पुगेको छ । प्राधिकरणका अनुसार तीमध्ये ५१७ जना विदेशी नागरिक छन् । घाइते ७३ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । खोज तथा उद्धारको लागि १३ हजारभन्दा धेरै सुरक्षाकर्मी खटिएका छन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  ०६:२२
प्रतिक्रिया दिनुहोस्
समाचार