रविन्द्र ढाँट ‘रोड टू यूएफसी’काे फाइनलमा

शुक्रबार, भदौ १२, २०८३

काठमाडौँ,१२ भदौ - नेपाली मिक्स मार्सल आट्र्स (एमएमए) फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनल पुग्न सफल भएका छन्। 

आज भएको सेमिफाइनल खेलमा न्युजिल्याण्डका कासिब मोर्डोचलाई हराउँदै उनी फाइनल पुग्न सफल भएका हुन्। 

उनी अन्तिम चरणमा सानदार कमब्याक गर्दै फाइनल पुग्न सफल भएका हुन्। तीन राउण्डको खेलमा रेफ्रीको डिसिजनको आधारमा रवीन्द्र विजयी भए।  

उनले अब फाइनलमा जापानका रियो ताजिमासँग प्रतिस्पर्धा गर्ने छन्।

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  २१:१४
प्रतिक्रिया दिनुहोस्
समाचार