दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

दाङको तुलसीपुरमा कुलोले बगाउँदा ३ वर्षीया बालिकाको मृत्यु

शनिबार, भदौ १३, २०८३

दाङ, १३ भदौ - दाङको तुलसीपुर उपमहानगरपालिकामा कुलोमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

शनिबार बिहान ११:०० बजे तुलसीपुर उपमहानगरपालिका वडा नं. १० नयाँगाउँ निवासी पूर्णबहादुर चौधरीकी ३ वर्षीया छोरी प्रनवी चौधरी घरअगाडि खेल्ने क्रममा नजिकै रहेको सिँचाइको कुलोमा बग्न पुगेकी थिइन्।

कुलोमा बगेर गम्भीर घाइते भएकी बालिकालाई तत्काल उद्धार गरी उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। तर, अस्पताल पुर्‍याउनासाथ बिहान ११:१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

बालिकाको शवलाई पोष्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  १६:३७
प्रतिक्रिया दिनुहोस्