दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

च्याटजीपीटी प्रयोग गरी नक्कली भौचर बनाएर  प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको दाबी गर्ने व्यक्ति पक्राउ

मंगलबार, भदौ १६, २०८३

काठमाडाै‌, १६ भदौ - प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको भन्दै नक्कली भौचर तथा स्टेटमेन्ट सामाजिक सञ्जालमा राख्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापको गोकुलगङ्गा गाउँपालिका–२ ठोसेका ३२ वर्षीय भगवान कार्की रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार कार्कीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको देखाउने नक्कली स्टेटमेन्ट च्याटजीपीटीको प्रयोग गरी तयार पारेका थिए । उक्त नक्कली स्टेटमेन्ट सामाजिक सञ्जालमा राखेर आफूले राहत कोषमा सहयोग गरेको दाबी गरेको प्रहरीको भनाइ छ ।

त्यसैगरी, कार्कीले कोषमा सहयोग गरेको भन्दै आफ्नै क्यूआर कोडसमेत सामाजिक सञ्जालमा सार्वजनिक गरेको र उक्त क्यूआर कोडमार्फत रकम संकलन गरी ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कमल राउतले जानकारी दिनुभयो ।

प्रहरीले सामाजिक सञ्जालमा राहत, सहयोग तथा विपद्का नाममा सार्वजनिक हुने भौचर, बैंक स्टेटमेन्ट र क्यूआर कोडको सत्यता जाँच गरेर मात्र रकम पठाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  ०६:२०
प्रतिक्रिया दिनुहोस्