सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
आजको पञ्चाङ्ग राप्रपा-सांसद
वि.सं.२०८३ साल भाद्र १९ गते । शुक्रबार । इस्वी सन् २०२६ सेप्टेम्बर ४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । भाद्र कृष्णपक्ष । तिथि–अष्टमी, बेलुकी ११ बजेर १७ मिनेट उप्रान्त नवमी । नक्षत्र–रोहिणी, बेलुकी ११ बजेर १७ मिनेट उप्रान्त मृगशिरा । योग–हर्षण, बेलुकी ४ बजेर ५९ मिनेट उप्रान्त बज्र । करण–बालव, दिउँसो १२ बजेर २८ मिनेट उप्रान्त कौलव, बेलुकी ११ बजेर १७ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–वृष ।
काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ४४ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १९ मिनेट । दिनमान ३१ घडी ३० पला ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
तपाईँको कामको धेरैले प्रशंसा गर्नेछन् भने विशिष्ट व्यक्तिबाट सम्मानित हुने ग्रहयोग रहेको छ । तार्किक क्षमतामा वृद्धि भएर जानेछ भने सम्मानका साथ आम्दानी बढाउन सकिनेछ । गाएन तथा सङ्गीतको क्षेत्रमा नाम कमाउन सकिनेछ । पारिवारिक माहौलमा जमघट भई मिठो मसिनो खाने अवसर जुर्नेछ । प्रेमले सकारात्मक मोठ लिनेछ भने कुटुम्बसँगको सम्बन्ध सुदृढ भएर जानेछ । धर्म कर्ममा मन जाने तथा धार्मिक स्थानको यात्रा गर्न सकिनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
भौतिक बस्तुको प्रयोग गर्न पाइने तथा राम्रा पहिरनमा सजिएर अरूको मन लोभ्याउन सकिनेछ । तपाईँबाट राम्रा काम हुने हुनाले परिवार तथा साथीभाइहरू खुसी हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानीका स्रोत बढाउन सकिनेछ भने व्यापारमा लगानी गर्नाले पछिसम्म लाभ मिल्नेछ । धर्म तथा आध्यात्मिक क्षेत्रमा समय खर्च हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
खर्च बढ्नुका साथै आर्थिक सङ्कटको सामना गर्नु पर्ला । अनावश्यक काममा समय बित्नेछ । विदेश भ्रमण वा वैदेशिक क्षेत्रबाट लाभ लिन सकिनेछ । अर्थविहीन भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ । आश्वासन दिनेहरूले यथार्थमा सहयोग नजुटाउलान् । आफन्त तथा अग्रज सँग सानो सानो कुरामा विवाद सिर्जना हुनेछ । तर पनि सन्तानको इच्छा, आकांक्षा तथा चाहाना पुरा गर्नु पर्नेछ । धर्म तथा अध्यात्म जस्ता क्षेत्रमा चासो बढ्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
शत्रु तथा प्रतिस्पर्धीहरू परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा लगानी गरी भनेजस्तो नाफा कमाउन सकिनेछ । सामाजिक कामहरू बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने साथीभाइ सँगको सम्बन्धमा विश्वासको वातावरण बन्नेछ । छोटो दुरीको धार्मिक यात्राको योग रहेको छ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक प्रयत्न गर्न सकिनेछ । समयको सदुपयोग गरी मनग्गे लाभ लिन सकिनेछ । साथीभाइहरूको सहयोग पाइनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन् । प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला । छोटो दुरीको धार्मिक यात्राको तय हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
समस्याहरूको समाधान गरी उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । अध्ययन अनुसन्धानमा सोचेभन्दा राम्रो प्रगति हुन तथा नयाँ कुरा पत्ता लगाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ औद्योगिक क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना भए पनि अन्ततः एक अर्कालाई विश्वास गर्दै छुटिदा मन प्रसन्न हुनेछ । धार्मिक क्षेत्र तथा मन्दिरतिरको यात्राको तय गर्न सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरू बढ्ने तथा काम बिग्रने भएले सताउनेछ । व्यापार व्यवसायमा मन्दी आउने तथा आम्दानी घट्नाले दैनिकी प्रभावित हुनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला । तर पनि सन्तान छोरा छोरीको इच्छा, आकांक्षा पुरा गर्न सकिनेछ । धार्मिक तथा शैक्षिक यात्राको योग रहेको छ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
माया प्रेममा नजिक हुन सकिने तथा मन मिल्ने साथी भेटिनेछ । औषधीजन्य, खाद्यान्न, बिलासी तथा धार्मिक सामानको व्यापारबाट नाफा कमाउन सकिनेछ । भौतिक सम्पत्ति तथा बिलासी वस्तु उपहारको रूपमा प्राप्त हुनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने लामो दुरीको यात्रा हुनेछ । परिवारका साथ रमाइलो जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । छोटो दुरीको धार्मिक यात्राको योग रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
व्यापार व्यवसायमा लगानी बढाएर रुपैयाँ पैसा कमाउन सकिनेछ । माया प्रेममा सामीप्य बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ । मावली पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । छोटो दुरीको धार्मिक यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । आफन्त तथा सन्तानको इच्छा आकांक्षा पुरा गर्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
रमाइलो भेटघाट हुने तथा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । शुभचिन्तक तथा आफन्तको सल्लाह तथा सुझावलाई शिरोधार्य गर्दै अगाडी बढ्न सके गन्तव्य पहिल्याउन सहज हुनेछ । औषधीजन्य तथा खाद्यान्नको व्यापारबाट आम्दानी गर्न सकिनेछ । प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न पाइने हुँदा पन प्रसन्न रहनेछ । उपहार तथा भौतिक सम्पत्ति प्राप्तिको योग रहेको छ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको आवश्यकता पुरा गर्न सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आफन्तहरू टाढिने तथा पति पत्नी बिच सामान्य मनमुटाबको सिर्जना हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी समय मध्यम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाइनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै नै समय खर्चनु पर्नेछ । तर पनि कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी फस्टाउनेछ । छोटो दुरीको धार्मिक यात्राको तय हुने तथा धर्म कर्ममा मन जानेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
उद्योग तथा व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा दाजुभाइ तथा आफन्तहरू खुसी हुनेछन् । विवाद तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउने हुनाले मन प्रसन्न रहनेछ । प्रेममा नजिक हुने समय रहेको छ । धार्मिक तथा शैक्षिक यात्राको प्रबल सम्भावना रहेको छ । तपाईँको दिन शुभ रहोस् ।