दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्तीले बाढीमा बेपत्ता परिवारलाई जनही ५० हजार, प्रधानमन्त्री राहत कोषमा ५ लाख सहयोग

बुधबार, असोज २८, २०८३
रुन्टीगढी गाउँपालिका Rolpa-दशै तिहार २०८३
शान्तिनगर गाउँपालिका-दशै तिहार २०८३

मसुरिया, २८ असोज - दाङको राप्ती गाउँपालिकाले भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएका आफ्ना चार जना नागरिकका परिवारलाई जनही ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

गाउँ कार्यपालिकाकाे बैठकले बेपत्ता नागरिकका परिवारलाई साे रकम उपलब्ध गराउने निर्णय गरेको हाे।

त्यस्तै बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णयसमेत गरेको गाउँपालिकाका प्रवक्ता पहलवान चौधरीले जानकारी दिनुभयो।

प्रवक्ता चौधरीका अनुसार गाउँपालिकाले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद् व्यवस्थापन कोष सञ्चालन शीर्षकबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हाे।
 
बाढीमा परी राप्ती गाउँपालिका नं.३ का सर्वेस चौधरी, वडा नं. ४ का सिजन चौधरी र रामबहादुर चौधरी तथा वडा नं.६ का अनिल चौधरी बेपत्ता हुनुभएको छ। उहाँहरूका परिवारलाई जनही ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराइनेछ।

गाउँपालिकाले विपद्का कारण क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, सार्वजनिक सेवा पुनः सञ्चालन, प्रभावित तथा जोखिममा रहेका नागरिकको खोज, उद्धार र राहतका साथै अस्थायी बसोबासको व्यवस्थापनमा सहकार्य र समन्वय आवश्यक रहेको जनाएको छ।

विपद् व्यवस्थापनमा तीनै तहका सरकारको समान जिम्मेवारी रहने भएकाले राहत कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरिएको प्रवक्ता चाैधरीले बताउनुभएको छ।

यसैगरी, गाउँपालिकामा कार्यरत कर्मचारी तथा शिक्षक र जनप्रतिनिधिले आफ्नो तलब तथा पारिश्रमिकबाट समेत राहत कोषमा योगदान गर्ने भएका छन्।

बैठकको निर्णयअनुसार श्रेणीविहीन कर्मचारी तथा शिक्षकको दुई दिन, सहायकस्तरका कर्मचारी तथा शिक्षकको पाँच दिन र अधिकृतस्तरका कर्मचारी तथा शिक्षकको सात दिन बराबरको तलब कट्टा गरी कोषमा जम्मा गरिनेछ। त्यस्तै, जनप्रतिनिधिको पाँच दिन बराबरको पारिश्रमिकसमेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।

यसैबीच, राप्ती गाउँपालिका नं.२ स्थित मुक्तिनगर टोलका बलबहादुर चौधरीको घर अविरल वर्षाका कारण पूर्ण रूपमा भत्किएपछि घर पुनर्निर्माणका लागि २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय पनि बैठकले निर्णय गरेको छ।

गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरीले बुधबार पीडित परिवारलाई भेट गरी उहाँहरुकाे अवस्थाबारे जानकारी लिनुभएको छ। उहाँले बाढीबाट प्रभावित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने गाउँपालिकाको निर्णयअनुसार आवश्यक सहयोग गरिने बताउनुभयो।

63253357-91f6-4118-b7b4-d5aea84fcd50-1791974802.jpg

WhatsApp-Image-2026-10-14-at-15.49.21-1791974802.jpeg

प्रकाशित मिति: बुधबार, असोज २८, २०८३  १६:३१
प्रतिक्रिया दिनुहोस्