प्रेस यूनियन रोल्पाले गर्‍यो सर्वसम्मत नयाँ कार्यसमिति गठन

आइतबार, भदौ २१, २०८३

प्रेस यूनियन रोल्पा जिल्ला कार्यसमिति को छैटौ अबिधेशन सम्पन्न भएको छ । उक्त अधिबेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । 

प्रेस यूनियन जिल्ला शाखामा सर्वसम्मत तेस्रो कार्यकालका लागि लोकेन्द्र चन्द निर्बाचित भएका छन । उनको अध्यक्षतामा १३ सदस्य नयाँँ कार्यसमिति गठन भएको हो । जसको अध्यक्ष लोकेन्द्र चन्द,उपाध्यक्षमा हिमाली खड्का, खुल्ला उपाध्यक्षमा बिरेन्द्र घर्ती मगर, सचिवमा छवी पुन मगर, सह सचिबमा सूर्य प्रकाश बुढा मगर,कोषाध्यक्षमा भरत विश्वकर्मा,सदस्यहरुमा इमकला सार्की,बुद्धिराम विश्वकर्मा, किरण बाबु वली, राजेश समपर्ण नेपाली, रितिका रोका मगर, नवराज राना मगर र चन्द्रमा वली रहेका छन ।

अधिबेशन पार्टी कार्यालय लिबाङ रोल्पामा बिहान ११ बजे बाट सुरु भएको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  २१:४७
प्रतिक्रिया दिनुहोस्
समाचार