आजकाे माेसम

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना, पहिरोको जोखिम बढ्यो

बिहीबार, भदौ २५, २०८३

काठमाडौँ,२५ भदौ - अहिले गण्डकी प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा भइरहेको छ ।

गएराति बागमती प्रदेशदेखि पश्चिमका विभिन्न क्षेत्रमा हल्कादेखि केही ठाउँमा ठूलो पानी  पर्‍यो । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा बर्दियामा सबैभन्दा बढी ६३ दशमलव २ मिलिमिटर वर्षा भएको छ । यस्तै, देशका पश्चिमी पहाडका धेरैजसो ठाउँमा वर्षा भएको महाशाखाले जनाएको छ ।

पूर्वमा भने तुलनात्मक रूपमा कम वर्षा भएको छ । महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडका साथै मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ ।

वर्षाका कारण पहाडी तथा भिरालो ठाउँमा पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  ०६:४९
प्रतिक्रिया दिनुहोस्