सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौँ,२७ भदाै - नेपालले तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कपको उपाधि जितेको छ ।
शनिबार भएको फाइलनमा खेलमा यूएईलाई ४५ रनले हराएसँगै नेपाल उपाधि विजेता बनेको हो । एसीसी प्रिमियर कपको उपाधिसँगै नेपालले सन् २०२७ मा बङ्गलादेशमा हुने एसिया कपका लागि छनोट भएको छ । नेपालले दिएको ३ सय १४ रनको लक्ष्य पछ्याएको यूएई ४९.२ ओभरमा २६८ रन बनाएर अलआउट भयो ।&
यूएईका राहुल चोपडाले शतक बनाए पनि टोलीलाई जिताउन सकेनन्, यस क्रममा उनले १०५ बलको सामना गरे ।
त्यस्तै सोहैब खानले ५७ बलमा ५२ रनसहित अर्धशतक बनाए । यस्तै तनिष सुरीले २८ बलमा ४२ रन र हरप्रित सिंहले ४१ बलमा ३३ रन बनाए । नेपालका करन केसीले ३, ललित राजवंशीले २, सन्दीप लामिछाने, रोहितकुमार पौडेल, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र बसिर अहमदले समान १ विकेट लिए ।
त्यसअघि मलेसियाको क्वालालम्पुरमा रहेको बायुमास क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले ओपनर आशिफ शेखको शतकमा ९ विकेट गुमाएर ३ सय १३ रन बनायो ।
नेपालका आशिफ शेखले १०६ बलमा १०२ रनको शतकीय पारी खेले । यस्तै गुलशन झाले ३८ खेलमा ५२ रनसहित अर्धशतक बनाए । अजुर्न कुमालले ६३ बलमा ४३ रन र रोहितकुमार पौडेलले ४४ खेलमा ४० रन बनाए । यूएईका अब्रार अहमदले ४, खुजाईमा तनवीरले २, हैदर अली र अदिब उस्मानीले समान १ विकेट लिए ।
सन् २०२३ को फाइनलमा पनि नेपाल र यूएई खेलेका थिए । त्यसबेला नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको थियो ।
नेपालले अब दोस्रो पटक एकदिवसीय एसिया कप खेल्नेछ । सन् २०२३ को एसिया कपमा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेलेको थियो । नेपाल र यूएई दुवै इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भइसकेका छन्