Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

एनपीएल अपडेट: चितवन राइनोजको विजयी सुरुवात, विराटनगर ८ रनले पराजित!

मंगलबार, कात्तिक १०, २०८३
शान्तिनगर गाउँपालिका-दशै तिहार २०८३

काठमाडाै‌,८ कार्तिक - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रनले हराउँदै विजयी सुरुवात गरेको छ।

 चितवनको बलियो प्रदर्शन

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा अलआउट भयो। विराटनगरका इमरान शेखले ३९, आन्द्रे रसेलले ३३ र लोकेश बमले २६ रन बनाए।

चितवनका कमल ऐरीले ४ विकेट लिँदा रिजन ढकालले २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो। चितवनका डेविड मलानले सर्वाधिक ७० रन बनाए।

 आजको दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलअन्तर्गत आजको दोस्रो खेलमा पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुकी ५ बजे सुरु हुनेछ।

यसअघि उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो।

यस संस्करणमा पहिलोपटक डीआरएसको प्रयोग, आईसीसीको मान्यता, विदेशी खेलाडीको सहभागिता र दर्शकको बढ्दो आकर्षणले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको छ।

प्रतियोगितामा ८ टोली सहभागी छन् भने तेस्रो संस्करण मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३  १७:१७
प्रतिक्रिया दिनुहोस्