सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
सल्यान, २७ भदौ - सल्यानमा मोटरसाइकलको पछाडिको टायरमा सल बेरिँदा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दाङको शान्तिनगर गाउँपालिका–१ पेदीखोला निवासी ३५ वर्षीया जिता केसी रहेकी छन् ।
जिल्लाको त्रिवेणी गाउँपालिका–१ स्थित टाट्केको भित्री कच्ची सडकखण्डमा मोटरसाइकलमा सवार रहेका बेला उनको सल मोटरसाइकलको पछाडिको टायरमा बेरिँदा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार त्रिवेणी गाउँपालिकाका हरिबहादुर वलीले चलाएको रा ४ प २४३ नम्बरको मोटरसाइकलको पछाडि केसी सवार थिइन् । कुर्ता–सलवारमाथि लगाएको सल पछाडिको टायरमा बेरिएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी केसीको मृत्यु भएको हो । साभार लाइभदाङ