मुगु केन्द्रबिन्दु बनाएर लगातार दुई पटक भूकम्प

बुधबार, भदौ ३१, २०८३

काठमाडाै‌,३१ भदाै - मुगु जिल्लाको कलाई क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बुधबार बिहान दुई पटक भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १:५१ बजे कलाई आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।

त्यसैगरी, आजै बिहान ४:२८ बजे सोही कलाई क्षेत्र आसपास केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ।

दुवै भूकम्पका कारण भएको क्षतिको विवरण भने हालसम्म सार्वजनिक भएको छैन।

यसअघि भदौ २६ गते जाजरकोट जिल्लाको कालसेनी आसपास केन्द्रबिन्दु भएर बिहान ९:०८ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

भूकम्पपछि स्थानीयवासीमा त्रास उत्पन्न भए पनि हालसम्म मानवीय तथा भौतिक क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन।

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३  ०६:४२
प्रतिक्रिया दिनुहोस्
समाचार
टि.भी