दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्ती गाउँपालिकाद्वारा सव–इन्जिनियर गिरीलाई फेरि भेटौँला कार्यक्रमकाे आयोजना गरि बिदाइ 

बिहीबार, असोज २९, २०८३

मसुरिया, २९ असोज - दाङको राप्ती गाउँपालिकाले बढुवा भई पाल्पाको बगनासकाली गाउँपालिकामा जान लाग्नुभएकी सव–इन्जिनियर विष्णा गिरी खड्कालाई बिहीबार भेटौँला कार्यक्रमकाे आयोजना गरि बिदाई गरेको छ।


गाउँपालिकामा करिब ५ वर्ष ३ महिना सव–इन्जिनियर पदमा रहेर सेवा गर्नुभएकी गिरीलाई गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाह तथा कर्मचारीहरूले टीका, पुष्पगुच्छा र सम्मानपत्र प्रदान गर्दै बिदाइ गर्नुभएको हो।

बिदाइ कार्यक्रममा कार्यवाहक अध्यक्ष चौधरीले गिरीले गाउँपालिकामा रहँदा निर्वाह गर्नुभएको जिम्मेवारी र योगदानको चर्चा गर्दै आगामी कार्यक्षेत्रमा पनि सफलतापूर्वक काम गर्न शुभकामना व्यक्त गर्नुभयो। उहाँले सेवाकालमा प्राप्त अनुभव र ज्ञानलाई नयाँ कार्यक्षेत्रमा उपयोग गर्दै थप प्रगति हासिल गर्न आग्रह गर्नुभयो।

त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत मल्लाहले गाउँपालिकामा कार्यरत रहँदा गिरीले पुर्‍याउनुभएको योगदानको प्रशंसा गर्दै नयाँ कार्यक्षेत्रमा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उहाँले सरुवा र बढुवा राष्ट्रसेवक कर्मचारीको नियमित प्रक्रिया भएको उल्लेख गर्दै कार्यक्षेत्र परिवर्तन भए पनि सहकर्मीबीचको आत्मीयता, सहकार्य र सम्बन्ध निरन्तर कायम रहने बताउनुभयो। उहाँले गिरीले राप्ती गाउँपालिकामा रहँदा हासिल गर्नुभएको अनुभव र सीपलाई नयाँ कार्यक्षेत्रमा समेत उपयोग गर्दै थप सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो।

बिदाइका क्रममा सव–इन्जिनियर गिरीले राप्ती गाउँपालिकामा कार्यरत रहँदा प्राप्त सहयोग, सद्भाव र सहकार्यप्रति आभार व्यक्त गर्नुभयो। उहाँले यहाँको कार्यअनुभव आफ्नो व्यावसायिक जीवनका लागि महत्त्वपूर्ण रहने बताउँदै सहकर्मीहरूसँगको सम्बन्ध आगामी दिनमा पनि कायम रहने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  १८:१३
प्रतिक्रिया दिनुहोस्
समाचार
टि.भी