दाङ उद्योग वाणिज्य संघको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दर्ता, अध्यक्षमा चार जना

शुक्रबार, असोज २, २०८३

दाङ,२ असाेज - दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी असोज ११ गते हुने निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता भएको छ। अध्यक्ष पदमा मात्रै चार जनाको उम्मेदवारी परेको छ।

प्रमुख निर्वाचन अधिकृत रेवतीरमण भट्टराईका अनुसार अध्यक्ष पदमा अनिल आचार्य, धुर्बकुमार गहतराज, नरेशकुमार कार्की र नरेशकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै, वरिष्ठ उपाध्यक्ष पदमा शरदप्रसाद अधिकारी, महेन्द्र बुढाथोकी र भरतप्रसाद रेग्मीको उम्मेदवारी परेको छ। उद्योग उपाध्यक्षमा गेहेन्द्र बस्नेत र मनबहादुर बुढाथोकी तथा वाणिज्य उपाध्यक्षमा नोर्वु तामाङ, मानु केसी र रामप्रसाद पोख्रेलले उम्मेदवारी दिएका छन्।

महासचिव पदमा विकास वली र माधव खनालबीच प्रतिस्पर्धा हुने भएको छ। सचिव पदमा गणेश पाण्डेय, भीमसेन डिसी र सुरज बुढाथोकी तथा कोषाध्यक्षमा प्रेमबहादुर बुढा मगर, ऋषि पोख्रेल र दिपज पण्डितको उम्मेदवारी परेको छ।

त्यसैगरी सहकोषाध्यक्ष पदमा ललित बेल्बासे, शालिकराम आचार्य र पुष्करराज न्यौपानेले उम्मेदवारी दिएका छन्।

वस्तुगत सदस्यमा ओमप्रकाश पोख्रेल र निमबहादुर बुढाथोकी, एशोसिएट्स सदस्यमा दिपकराज आचार्यको एकल उम्मेदवारी परेको छ।

यस्तै, उद्योग सदस्यमा मनबहादुर वि.क. र शेरबहादुर पुन तथा महिला सदस्यमा लक्ष्मीदेवी सिं ठकुरी र सुलोचना गौतमले उम्मेदवारी दिएका छन्।

वाणिज्य सदस्य पदमा ओमकान्त रेग्मी, मुक्तिराम खनाल, दिवाकर पाण्डे, थानेश्वर बुढा, केशब डिसी, बदरुदिन राई र शिव डांगीले उम्मेदवारी दिएका छन्।

त्यसैगरी खुला सदस्य पदमा तिलकबहादुर वली, असलम कुराश्मी, जीवनकुमार लम्साल, राधिका बन्जाडे, खिमबहादुर डांगी, नरबहादुर चौधरी, दुर्गाप्रसाद चौधरी, भरतबहादुर घर्ती मगर, गोपालप्रसाद खनाल, शुभाष न्यौपाने र हुकुमप्रसाद पोख्रेलले उम्मेदवारी दर्ता गराएका छन्।

प्रमुख निर्वाचन अधिकृत भट्टराईका अनुसार उम्मेदवारहरूले असोज ५ गतेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन्। उम्मेदवारी फिर्तापछि अन्तिम नामावली प्रकाशन गरिनेछ भने असोज ११ गते निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  १८:३५
प्रतिक्रिया दिनुहोस्
समाचार
टि.भी